YouTube Link

तराईमा शीतलहरसँगै चिसोले जनजीवन कष्टकर बन्दै

Facebook Link

 

काठमाडौं: तराईमा शीतलहरसँगै चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेपछि तराई-मधेसका धेरै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

 

चिसोले बालबालिकालाई असर गर्न थालेपछि प्रदेशका आठवटै जिल्लाका धेरै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

 

स्थानीय तहहरुले निर्णय गरेपछि मधेस प्रदेशका धेरै सामुदायिक विद्यालय बन्द भइसकेका छन् । कतिपय विद्यालयमा त्रैमासिक परीक्षा चलिरहेको छ । त्यस्ता विद्यालय पनि परीक्षा सकिनासाथ बन्द गर्ने तयारी भएको छ ।

 

सर्लाही, महोत्तरी, धनुषा, सिरहा, बारा, रौतहट, पर्सालगायतका जिल्लाका सामुदायिक विद्यालय बन्द गरिएका हुन् ।

 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका, हंसपुर नगरपालिका, मिथिला बिहारी नगरपालिका र विदेह नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

 

महोत्तरीका औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनमा गाउँपालिका, जलेश्वर नगरपालिका, लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका, भंगहा नगरपालिका, मट्टिहानी नगरपालिका लगायतका स्थानीय तहले पनि विद्यालय बन्दको निर्णय गरेका छन् ।

 

सिरहाका मिर्चैया नगरपालिका, सिरहा नगरपालिका, कर्जन्हा, धनगढीमाइ, सुखिपुर नगरपालिका र भगवानपुर, नरहा, औरही, अर्नामा र विष्णुपुर गाउँपालिकाले पनि विद्यालयको पठन पाठन बन्द गरेका छन् ।

 

मधेसका धेरैजसो स्थानीय तहले एकसाताका लागि विद्यालयमा जाडो बिदा दिएका छन् । महोत्तरीको पिपरा गाउँपालिका र जलेश्वर नगरपालिकाले यहि पुस २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

 

पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर, जिराभवानी, सखुवाप्रसौनी गाँउपालिकाले पनि एक साताका लागि जाडो बिदा दिएका छन् । बाराको कलैया उपमहानगरपालिका, देवताल गाउँपालिकाले पनि ४ दिनको लागि विद्यालय बन्द गरेका छन् ।

 

यही पुस १३ गते मधेसका जिल्लामा यस वर्षकै सबैभन्दा कम तापक्रम देखिएको थियो । त्यो दिन बाराको सिमराको न्यूनतम तापक्रम ६ दशमलव ५ र मधेस प्रदेशको राजधानी जनकपुरको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको थियो ।

 

हुस्सु र कुहिरोका कारण तराई-मधेसका जिल्लामा भिजिबिलिटी (पारदर्शिता) पनि घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दृश्यमा एक किलोमिटरभन्दा कम पारदर्शिता हुनुलाई कुहिरो र एक देखि पाँच किलोमिटर सम्म पारदर्शिता हुनुलाई हुस्सु भनिन्छ ।

 

भिजिबिलिटी कम हुँदा सडकमा सवारीसाधन सञ्चालनमा पनि समस्या हुने गरेको छ । कठ्यांग्रिने जाडोका कारण सहर-बजार र सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा समेत मानिसको चहलपहल घटेको छ ।

 

कठ्यांग्रिदो चिसोले अति विपन्न परिवार, दलित, मजदुर, किसान, स्कुले बालबालिकालाई बढी असर गरिरहेको छ । विशेषगरी शरीरमा लगाउने बाक्ला र न्यानो कपडा नभएका तराई-मधेसका डोम, चमार, मुसहरजस्ता अति पिछडिएका र गरिब वर्ग चिसोको मारमा परेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...