प्रचण्डले लिए नेपालको ४४औँ प्रधानमन्त्रीको शपथ, ३ उपप्रधानमन्त्री सहित ८ सदस्यीय मन्त्रिपरिषद गठन
वि.सं.२०७९ पुस ११ सोमवार १६:४६
4.8K
shares
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको ४४औँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नेकपा एमालेसहित सात दलीय गठबन्धनको समर्थनमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिएकी हुन् ।
प्रचण्डले शपथ लिने क्रममा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए । त्यसैगरी पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र माकवकुमार नेपाल पनि शपथग्रहणका क्रममा उपस्थित थिए ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।
उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् ।
मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । ३ जना उपप्रधानमन्त्री र ३ जना मन्त्रीहरुले सोमबार नै शपथ लिएका छन् । मन्त्री ज्वालाकुमारी साह भने शपथ समारोहमा अनुपस्थित भएकी छन् ।
वि.सं.२०७९ पुस ११ सोमवार १६:४६



















