जीप दुर्घटनामा परि गुल्मीमा ४ जनाको मृत्यु, ५ जना घाइते
वि.सं.२०७९ मंसिर ७ बुधवार ०७:०४
3.3K
shares
गुल्मी: गुल्मीको सत्यवती गाउँपालिका-३ मा जीप दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।
ठूलोलुम्पेकबाट कुढडाँडामा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटननामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामोको रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सत्यवती-३ का ३३ वर्षका कार्बालिन सोमै, ४३ वर्षकी जमुना सोमै, ३२ वर्षका चेतमान सिङ्जाली, ४९ वर्षका गिरबहादुर राहादी र खण्डन सोमै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
वि.सं.२०७९ मंसिर ७ बुधवार ०७:०४



















