नेपाललाई युएईविरुद्ध सिरिज जोगाउन आजको खेल महत्वपूर्ण
वि.सं.२०७९ कात्तिक ३० बुधवार ०९:२३
3.5K
shares
काठमाडौं: युएईविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । युएईले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज नेपाल युएईविरुद्ध जितको खोजीमा रहेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । नेपाललाई सिरिज जोगाउन समेत यस खेल महत्वपूर्ण रहेको छ ।
यता, यूएई पहिलो खेलमा पाएको जितले थप हौसिएको छ । युएई दोस्रो खेल जित निकाल्दै एक खेल अगाबै सिरिज जित्ने लक्ष्यमा छ ।
तीन खेलको सिरिजमा युएई १-० ले अघि रहेको छ । आजको खेल जितेमा युएईले सिरिज आफ्नो बनाउनेछ । तर, नेपाल दोस्रो खेलमा जित निकाल्दै सिरिज १-१ को स्थितिमा ल्याउन चाहन्छ ।
युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ ।
वि.सं.२०७९ कात्तिक ३० बुधवार ०९:२३




















