YouTube Link

२२औँ संस्करणको आहा-रारा गोल्ड कप पुस १२ देखि सञ्चालन हुने

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: मोफसलकै ठूलो मानिने आहा-रारा गोल्ड कपको २२औँ संस्करण आगामी पुस १२ देखि २३ गतेसम्म सञ्चालन हुने भएको छ ।

 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतियोगिता सञ्चालनको मिति दिएसँगै सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष हुँदै आएको गोल्ड कप यस वर्ष पनि पोखरा रङ्गशालामा सञ्चालन गर्ने तयारी अघि बढेको छ ।

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आमन्त्रित टोलीहरू सहभागी हुने प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब, विदेशी सहित मोफसलका टिमहरू र आयोजक सहारा क्लब पोखरा गरी १२ टिमले भाग लिने सहारा क्लबका अध्यक्ष हरिराम गुरुङले बताए ।

 

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, एन्फा, सहारा युके, सहारा क्लब हङकङ, सहारा अष्ट्रेलियाको विशेष सहयोग रहनेछ । विगतमा झैँ सहारा युकेले उत्कृष्ट ५ विधा, म्यान अफ दि म्याच र मेडल प्रायोजन गर्ने छ ।

 

गोल्ड कपमा हरेक वर्ष मुख्य प्रायोजन गर्दै आएको हिम श्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउले नै यस वर्ष पनि मुख्य प्रायोजन गर्ने भएको छ । अफिसियल बैङ्क लुम्बिनी विकास बैङ्क, सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद्,प्रदेश खेलकुद परिषद् गण्डकी र अखिल नेपाल फुटबल सङ्घ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की-कास्की जिल्ला फुटबल सङ्घ, पोखरा महानगरपालिकाको संयोजनमा प्रतियोगिता गर्ने लक्ष्य सहारा क्लबले लिएको छ ।

 

गत संस्करणको उपाधि विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब हो । गत वर्ष २० औँ आहा-रारा गोल्ड कपको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई टाई ब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एपीएफले पहिलो पल्ट उपाधि चुमेको हो ।

 

आहा-रारा गोल्ड कपमा अहिलेसम्म सबैभन्दा बढी ६-६ पटक मनाङ मर्स्याङ्दी क्लब र विभागीय नेपाल पुलिस क्लबले उपाधि चुमेका छन् । मनाङ मर्स्याङ्दीले २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ मा उपाधि हात पारेको छ । २०५८, २०६३, २०६७, २०७०, २०७१ र २०७८ सालमा भएका प्रतियोगितामा भने मनाङ मर्स्याङ्दीले उपबिजेतामा चित्त बुझाएको थियो । यस्तै विभागीय पुलिसले २०५८, २०५९, २०६४, २०६५, २०६६ र २०७४ मा भएका खेलमा जित निकालेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...