YouTube Link

३६ दलले बुझाए आयोगमा संशोधित बन्दसूची

Facebook Link

 

काठमाडौं: प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रमुख दलहरूले शनिबार समानुपातिक प्रणालीतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् ।

 

आयोगको आग्रह अनुसार शनिबार ३६ दलले संशोधित सूची बुझाएका हुन् । सूची पेस गर्दा समानुपातिक र समावेशी सिद्धान्तबमोजिम रित पुगेका आवश्यक कागजात अनिवार्य रूपमा पेस गर्न आयोगले दलहरूलाई पत्राचार गरेको थियो ।

 

पत्राचार गरेकामध्ये शनिबार ३६ दलले बन्दसूची पेस गरेको आयोगले जनाएको छ । समानुपातिकतर्फका लागि आयोगमा ४८ दल दर्ता छन् ।

 

आयोगका प्रवक्ता गुरु वाग्लेले शनिबार कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा, लोसपा, राप्रपा र नेमकिपालगायत दलले बन्दसूची पेस गरेका छन् ।

 

आयोगका अनुसार आइतबार सच्याउने अन्तिम दिन १२ दललाई बन्दसूची पेस गर्न पत्राचार गरिएको छ । यसबाहेकका दलले बन्दसूची सच्याएर बुझाइसकेका थिए ।

 

आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि ४ देखि ९ असोजसम्म सूची पेस गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको थियो ।

 

सम्बन्धित दललाई संशोधनका लागि पत्र पठाएको मितिले सात दिनभित्र संशोधन पेस गर्नुपर्ने समयसीमा थियो ।

 

संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा १७ असोजको बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने, सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने, २० देखि २२ असोजको ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवार मनोनयन गर्नुपर्ने कार्यतालिका छ ।

 

प्रतिनिधिसभातर्फ ६४ एकल र १२ दलबाट चार संयुक्त निवेदनसहित ७६ दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका थिए ।

 

तर, प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ४८ दलले बन्दसूची बुझाएका थिए ।

 

०७४ को प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनमा समानुपातिकतर्फ ५५ राजनीतिक दलले निवेदन पेस गरेकोमा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको ४९ दलले मात्र उम्मेदवारको बन्दसूची पेस गरेका थिए ।

 

यस्तै, यही २२ असोजमा उम्मेदवारको बन्दसूचीमा सूचना प्रकाशन गर्ने, २३ देखि २९ असोजसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधका लागि निवेदन दिने, ३० असोजमा दाबी विरोधको निवेदनमाथि जाँचबुझ गरी निर्णय लिने, ८ कात्तिकमा बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र ९ कात्तिकमा उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यतालिका छ ।

 

आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २३ असोजमा उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ । २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ देखि २५ असोजसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका छ ।

 

यस्तै, २५ असोजमा उम्मेदवारको नामावली प्रकाशन गर्ने र २६ असोजमा उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...