Texas College
YouTube Link

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका निर्वाचनका लागि ५०३ प्रकारका मतपत्र छापिने

Facebook Link

 

काठमाडौं: निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५०३ प्रकारका मत पत्र छाप्ने भएको छ ।

 

प्रतिनिधिसभाको  प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १६५ प्रकार र प्रदेशतर्फ ३३० क्षेत्रका लागि सोही संख्यामा छुट्टाछुट्टै मतपत्र छाप्ने तयारी गरेको छ ।

 

यस्तै ७ प्रकारका प्रदेशसभाका समानुपातिक तर्फको मतपत्र  र प्रतिनिधिसभा तर्फ समानुपातिकतर्फ १ प्रकारको मतपत्र छाप्ने तयारी गरिएको छ ।

 

आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जुन क्षेत्रमा जुन पार्टीबाट उमेदवार उठ्छन् उम्मेदवार सोही चिन्ह मात्र मतपत्रमा राख्ने जनाएको छ ।

 

आइतबार आयोगले गरेको पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकतर्फ बन्द सूचीमा उम्मेदवारी दिने दलहरूको मात्र निर्वाचन चिन्ह राखी मतपत्र छपाई हुने जानकारी दिएका छन् ।

 

मतदान स्थलमा मतदाताका लागि चारवटा छुट्टाछुट्टै मतपत्र, मत संकेत गर्ने स्थान र मत पेटिकाको व्यवस्था हुने उनले बताए ।

 

आगामी निर्वाचनमा चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, स्वीकृति लिई सञ्चालनमा रहेका वृद्धाश्रमका मतदाता लगायतलाई अस्थायी मतदाता सूचीमा समावेश गरी समानुपातिकतर्फ मताधिकारका लागि पनि तयारी भइरहेको प्रवक्ता पौड्यालले जानकारी दिए । यस्तै आगामी निर्वाचनका लागि झण्डै ५ लाख मतदाता थपिने आयोगको अनुमान छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

वि.सं.२०८२ चैत १० मंगलवार ११:४१

काठमाडौं: आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

नारायणगढको जिएच इन्टरप्राइजेजमा ‘एक दर्जन कपी किन्दा ४ कपी र १ प्याकेट कलम सित्तैमा

नारायणगढको जिएच इन्टरप्राइजेजमा ‘एक दर्जन कपी किन्दा ४ कपी र १ प्याकेट कलम सित्तैमा

वि.सं.२०८२ चैत १० मंगलवार १०:५७

चितवन: नयाँ शैक्षिक सत्र २०८३ सुरु हुने तयारीसँगै देशभर विद्यालय...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...