प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन सानेपामा नेताहरु
वि.सं.२०७९ भदौ ५ आइतवार १३:०३
1.3K
shares
काठमाडौं: स्व. प्रदीप गिरीको शव अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिएको छ ।
अहिले सानेपामा पार्टी मुख्यालयमा स्व. गिरीप्रति श्रद्धाञ्जली दिन चाहनेहरुको भिड लागेको छ ।
घाँटी क्यान्सरबाट पिडित गिरीको हिजो बेलुका साढे नौ बजे उपचारकै क्रममा मेडिसिटी अस्पतालमा देवहासन भएको थियो । गिरीलाई प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, महासचिव देव गुरुङ, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलगायतका नेताहरु पुगेका हुन् ।
गिरीको पार्थिव शरिलाई बिहान साढे ११ बजेदेखि २ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने पार्टी कार्यालयमा राख्ने अन्तिम संस्कार पशुपति आर्यघाटमा हुने काँग्रेसले जनाएको छ ।
वि.सं.२०७९ भदौ ५ आइतवार १३:०३




















