YouTube Link

गुराँस लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन १६ प्रतिशतले गिरावट

Facebook Link

 

काठमाडौं: गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको नाफा बढे पनि बीमा शुल्क आर्जन भने घटेको छ । नाफा ४४.२७ प्रतिशतले बढेको कम्पनीको बीमा शुल्क आर्जन १६.१३ प्रतिशतले घटेको छ ।

 

गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासमा कम्पनीले १७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७७/ ७८ मा कम्पनीले १२ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद नाफा अघिल्लो वर्षको भन्दा ४४.२७ प्रतिशत बढेको हो ।

 

कम्पनीले गत आवमा ३ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष खुद बीमा शुल्क आर्जन ३ अर्ब ६३ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको बीमा शुल्क १६.१३ प्रतिशले घटेको छ ।

 

गत वर्ष सोही अवधिमा कम्पनीले १ अर्ब ६२ करोड ६५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष ६६ करोड २७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीले गत वर्ष २० लाख ८२ हजार रुपैयाँ दाबी भुक्तानी दिन बाँकी छ ।

 

यस्तै, इन्स्योरेन्सले बीमालेख धितोमा राखेर कर्जाबाट ११ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा ८ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

 

कम्पनीको सञ्चालन खर्च भने घटेको छ । गत आर्थिक वर्षमा व्यवस्थापनका लागि ३ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा व्यवस्थापन खर्च ५ करोड रुपैयाँ थियो ।

 

गत वर्ष कम्पनीले ३६ करोड ८३ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि खर्चिएको छ । अघिल्लो वर्ष सोही अवधिमा ५३ करोड रुपैयाँ अभिकर्ता कमिसनमा खर्च भएको कम्पनीले जनाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.४० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३१. ७८ रुपैयाँ छ ।

 

चुक्ता पुँजी २ अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५८ करोड ७४ लाख रुपैयाँ सञ्चित छ । जीवन बीमा कोषमा १२ अर्ब ४५ करोड रुपैयाँ छ भने महाविपत्ति कोषमा ७५ करोड रुपैयाँ छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...