YouTube Link

आगो लगाएर श्रीमानले गरे श्रीमतीको हत्या

Facebook Link

विराटनगर: मोरङको रंगेली नगरपालिका–१ बिर्ता बजारकी ३० वर्षिया बबिता मल्लिकको हत्या आफ्नै श्रीमानले गरेको खुलेको छ ।

शरीरमा मट्टितेल छर्किएर आगो लगाउँदै २३ वर्षिय तिलका मल्लिकले श्रीमती बबिताको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।

आगोले जलेर गम्भीर घाइते भएको अवस्थामा शुक्रबार राति १० बजेतिर उद्धार गरेर बबितालाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा ल्याइएको थियो ।

शरीरका अधिकांश भाग जलेको र बोल्न नसक्ने अवस्थामा उद्धार गरिएकी उनको उपचारको क्रममा शनिबार बिहान ६ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताए ।

पत्नीलाई आगो लगाएर भागेका तिलकालाई इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपाने नेतृत्वको टोलीले राति नै पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ ।

तिलकाले सुरुमा आगो लाग्न थालेपछि डर लागेर बस्न नसकेकाले आफू घरदेखि पर गएको प्रहरीलाई बताएका थिए ।

आगलागीबाट टिनको छानो भएको र बाँसको टाटीले सेन्ट्रीबेरा गरेको घर तथा घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तनलगायत सबै सामान जलेर खरानी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा भने २ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

मोरङमा आगो लगाएर श्रीमतीको हत्या

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...