YouTube Link

नेकपा एसमा पार्टी अध्यक्षभन्दा मन्त्री ‘पावरफूल’

Facebook Link

 

 

काठमाडौ : नेकपा एकीकृत समाजवादी पार्टीभित्र मन्त्रीपरिवर्तनको विषय झन पेचिलो बन्दै गईरहेको छ । अहिले बजारमा पार्टी अध्यक्षभन्दा मन्त्री ‘पावरफूल’ भन्ने हल्ला ब्यापक भईरहेको छ ।

पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने पार्टीको निर्णय भएपश्चात मन्त्रीमा रहेकाहरुले विभिन्न शक्तिकेन्द्र धाउनेदेखि पार्टी अध्यक्षलाई नै धम्क्याउने काम समेत गरेका छन् ।

मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवाकोमा बुझाएपनि  नयाँ मन्त्रीलाई सपथग्रहण गराउने वातारण देउवाले गरेका छैनन् । पार्टीको सचिवालय बैठकबाट निर्णय भएको मन्त्रीपरिवर्तनको विषयमा अहिले पनि पटक पटक बैठक बस्दा छलफल हुने गरेको छ । तर, पनि मन्त्रीमण्डल पुर्नगठनका लागि प्रधानमन्त्री देउवाले चासो दिएका छैनन् ।

अहिले यसै विषयलाई लिएर समाजवादी पार्टीका कार्यकर्तापंतीमा नैराश्यता छाउन थालेको छ । उनीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाल मन्त्रीहरुको अगाडी निरिह भएको भन्दै नेतृत्वले हस्तक्षेपकारी भूमिका खेल्न नसकेको गुनासो गर्न थालेका छन् ।

बुधबार साँझ पार्टी अध्यक्ष नेपाललाई भेट्न पुगेका मन्त्रीहरुले आफूहरुको लागि पार्टी अध्यक्ष मरितुल्य भएको भन्दै फर्किएको समाचार बाहिरिएको थियो । कोटेश्वरस्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिईसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस्’ भन्ने प्रस्ताव गरे लगत्तै शहरी विकासमन्त्री झाक्रीले आपत्ति जनाएकी थिइन् ।

 

‘हामीलाई किन हटाउनु प¥यो, हामीले राम्रै काम गरिरहेका छौँ, फोहोर ब्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न भईरहेको छ, अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा छ । अन्य काम पनि भईरहेका छन,’ नेपाल समक्ष मन्त्री झाक्रीले आक्रोशित हुँदै भनिन्, ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य बराबर हुनुभयो ।’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...