स्थापित र डंगोलले दर्ता गरे नेकपा एमालेबाट काठमाडौंको मेयर र उपमेयरमा उम्मेदवारी
वि.सं.२०७९ वैशाख १२ सोमवार १३:४२
3.1K
shares
काठमाडौं: नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापित र उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्नो मनोनयन दर्ता गराएका छन् ।
काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार पुगेर स्थापित र डंगोलले उम्मेदवारी दिएका हुन् ।
२०५४ सालमा मेयर जितेका स्थापितलाई एमालेले यसपालि फेरि अघि सारेको हो । बागमती प्रदेश सांसद समेत रहेका उनी बागमती प्रदेशका पूर्व भौतिक मन्त्रीसमेत हुन् ।
यस्तै पूर्व मिस नेवा डंगोललाई एमालेले उपमेयर बनाएको हो ।
वि.सं.२०७९ वैशाख १२ सोमवार १३:४२




















