सम्भावित फ्रि तिब्बत मुभमेन्ट हुन सक्ने भन्दै यी ठाउँहरुमा सुरक्षा व्यवस्था कडा पारिदै
वि.सं.२०७८ चैत ११ शुक्रवार १५:५८
2.5K
shares
काठमाडौं: चिनियाँ बिदेशमन्त्री वाङ यी अबको केही समयमा नै काठमाडौंमा ओर्लदैछन् ।
उनी काठमाडौं ओर्लदै गर्दा फ्रि तिब्बत भुममेन्टमा संलग्नहरुले प्रदर्शन गर्न सक्ने भन्दै बौद्ध र स्वयम्भु क्षेत्रमा सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।
त्यस क्षेत्रमा केही हुन सक्ने सुरक्षा विष्लेषण गरी सुरक्षाकर्मीलाई बाक्लो रुपमा परिचालित गरिएको छ । सुरक्षाकर्मीले काठमाडौंको स्वयम्भू र बौद्ध क्षेत्रका गुम्बामा कडा निगरानी गरेका छन् ।
तिब्बतीयन शरणार्थीको बसोबासस्थल र गुम्बाहरूमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको प्रहरी प्रधानकार्यालय स्रोतले बताएको छ ।
यस्तै बालुवाटारस्थित चिनियाँ दूतावास र हात्तिसारस्थित भिसा सेक्सनमा पनि सुरक्षा कडा बनाइएको छ ।
वि.सं.२०७८ चैत ११ शुक्रवार १५:५८



















