चुनावी तालमेलका लागि एमाले उपमहासचिव गुरुङले भेटे डा. भट्टराईलाई
वि.सं.२०७८ चैत ९ बुधवार १३:३४
2.4K
shares
काठमाडौं: बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्नका लागि एमालेले रणनीतिक चाल चालिरहेको छ ।
यसका लागि एमालेले विभिन्न पार्टीसँग छलफललाई तीव्रता समेत दिएको छ । हिजो मात्रै सत्तागठबन्धनमा रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले भेटवार्ता गरेका छन् ।
स्थानीय तह निर्वाचनमा दुई पार्टीबीच तालमेलको प्रस्ताव लिएर भट्टराई निवासमा गुरुङ पुगेका हुन् ।
स्थानीय तह निर्वाचनमा दुई पार्टी (एमाले र जसपा)बीच तालमेल गर्नेबारेमा गुरुङ-भट्टराई सकारात्मक रहेको बताइएको छ ।
वि.सं.२०७८ चैत ९ बुधवार १३:३४



















