नायक पल शाहबिरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दायर, अब के होला ?
वि.सं.२०७८ चैत ८ मंगलवार १४:४४
2.3K
shares
तनहुँ: अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा जिल्ला अदालत तनहुँमा दायर भएको छ ।
१६ बर्षीय नाबालिग गायिकाले पल शाहले आफूलाई जबरजस्ती करणी गरेको भन्दै तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन ।
जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरेको हो ।
कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।
वि.सं.२०७८ चैत ८ मंगलवार १४:४४



















