किन छोडे महराका स्वकीय सचिवले माओवादी ?
वि.सं.२०७८ चैत ८ मंगलवार ११:४६
3.2K
shares
काठमाडौं: पूर्व सभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले माओवादी पार्टी परित्याग गरेका छन् ।
नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष समेत रहेका उनले सामाजिक सञ्जालमार्फत आफू माओवादी केन्द्रको साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।
उनी लुम्बिनी प्रदेश कमिटीको सदस्यको आकांक्षी थिए । तर उनी प्रदेश कमिटीमा नपरेपछि असन्तुष्ट थिए । त्यसैको झोकमा उनले पार्टी परित्यागको घोषणा गरेको माओवादी श्रोतले बताएको छ ।
वि.सं.२०७८ चैत ८ मंगलवार ११:४६



















