YouTube Link

ढुंगा खानीमा पहिरो जाँदा २ को मृत्यु, धेरै नै पुरिएको आशंका

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

 

काभ्रेः ढुंगा खानीमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ भने कयौ पुरिएको आशंका गरिएको छ । काभ्रेको बनेपा नगरपालिका–१४ स्थित आशापुरी खनिज उद्योगमा आइतबार पहिरो जाँदा घटनास्थलमै २ जनाको मृत्यु भएको हो भने कैयौँ पुरिएको आशंका गरिएको हो।

 

जिल्ला प्रहरी कार्यालय काभ्रेले उद्धारका लागि कार्यालयबाट प्रहरी खटिएको भएपनि मृत्यु हुनेहरुको यकिन विवरण भने आउने बाँकी रहेको बताएको छ। प्रहरीले कैयौँ मानिस पुरिएको हुन सक्ने आशंका गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार घाइते अवस्थामा उद्धार गरिएका २ जनाको भक्तपुरको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको र प्रहरी टोली उद्धारमा खटिएको जानकारी दिए । घटनाका सम्बन्धमा सबै बिबरण आईसकेको छैन ।

 

डिएसपी खतिवडाले ढुङ्गा खानीमा पहिरो जाँदा स्काभेटर, टिपर लगायतमा समेत क्षति पुगेको जानकारी दिए। स्थानीय लालमान श्रेष्ठले तलबाट एक्स्काभेटर तथा डोजरले ढुंगा निकाल्दै जाँदा ओडारजस्तो बनेर पहिरो गएको बताए।

 

घटनास्थलमा प्रहरीसँगै स्थानीयहरू उद्धार तथा पुरिएका सवारीसाधन निकाल्न खटिरहेका छन्।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...