दलित बस्तीमा हाते आरन वितरण
वि.सं.२०७८ फागुन १४ शनिवार १८:१०
2.3K
shares
रामेछापः रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारको दलित बस्तीमा हाते आरन वितरण गरिएको छ ।
परम्परागत आरन चलाएर जिविकोपार्जन गर्दै आएका १५ परिवार दलितहरुलाई नेपाली काँग्रेस रामेछापका सभापति कान्छाराम तामाङको सहयोगमा आधुनिक हाते आरन वितरण गरिएको हो ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस रामेछापका उप सभापति लेख बहादुर कार्कीले दलित समुदायका मानिसहरुलाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।
सोही अवसरमा नेपाली काँग्रेसका सभापति कान्छाराम तामाङकै सहयोगमा साँघुटारको लक्ष्मीबासका स्थानीयहरुलाई गाउँमा सामाजिक कार्य गर्न सहज होस् भन्ने उदेश्यले १ सय थान प्लाष्टिकका कुर्सीहरु समेत बितरण गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली काँग्रेस रामेछापका उप-सभापति लेख बहादुर कार्कीले आफ्नो पार्टीले गाउँ गाउँमा कुनैपनि राजनैतिक पुर्वाग्रह नराखी सामाजिक कामलाई निरन्तरता दिएको बताए ।
नेपाली काँग्रेसका सभापति कान्छाराम तामाङले यसभन्दा अगाडि पनि जिल्लाका विभिन्न गाउँहरुमा एम्बुलेन्स वितरण लगायतका समाजिक कार्यहरु गर्दै आएका छन् ।
वि.सं.२०७८ फागुन १४ शनिवार १८:१०




















