Rajshow Bivag

निर्णायक छलफलका लागि प्रधानमन्त्री देउवा कांग्रेस टोलीसहित ओली भेट्न बालकोट जाँदै

Departmant of helth services

 

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस टोलीसहित प्रमुख प्रतिपक्षी एमालेको अवरोध खुलाउन एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट गएका छन् ।

 

गत भदौ २३ गतेदेखि प्रतिनिधिसभामा एमालेले गरिरहेको अवरोध खुलाउन देउवा भक्तपुरको बालकोटस्थित अध्यक्ष ओलीको निवास गएका हुन् ।

 

प्रधानमन्त्री देउवासँगै कांग्रेसका नेता एवं सञ्चारमन्त्री कार्की, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि बालकोट गएका छन् ।

 

प्रधानमन्त्री देउवाले अमेरिकी सहायता परियोजना सम्झौता अनुमोदनका लागि अवरुद्ध संसद् सञ्चालन गराउन यही फागुन ५ गतेदेखि निरन्तर एमाले अध्यक्ष ओलीलाई भेटेरै आग्रह गरिरहेका छन् ।

 

प्रधानमन्त्री देउवाले फागुन ५ गते बिहान कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई ओलीसँग वार्ताका लागि बालकोट पठाएका थिए ।

 

त्यससँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि ओलीसँग टेलिफोन वार्ता गरेका थिए ।

 

त्यस यता प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच तीन पटक वार्ता भइसकेको छ ।

 

गत बिहीबार प्रतिनिधिसभा बैठक स्थगित गरेर उनले ओलीसँग संघीय संसद भवनमै अवरुद्ध संसद सुचारु र एमसीसी पारितका विषयमा छलफल गरेका थिए ।

 

सोही दिन बेलुकी उनीहरुका बीचमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि सहमतिको प्रयास स्वरुप छलफल भएको थियो ।

 

यस्तै शुक्रबार बेलुकी पनि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमै छलफल भएको थियो ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...