गृहमन्त्री बालकृष्ण खाँणले लिए १२ जिल्लाका प्रहरी प्रमुखसँग शान्तिसुरक्षाबारे जानकारी
वि.सं.२०७८ माघ १७ सोमवार १४:२७
2.5K
shares
काठमाडौं: गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड-१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोनबाट जानकारी लिएका छन् ।
गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका हुन् ।
उनले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड-१९ को प्रभाव, शीतलहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ता वितरणबारेमा जानकारी लिएको प्रहरी प्रमुखले जानकारी दिए ।
वि.सं.२०७८ माघ १७ सोमवार १४:२७




















