YouTube Link

संसदबाट एमसीसी पारित गर्न सहमति जुटाउन सरकारका प्रवक्ता कार्की पुगे ओली निवास

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट पारित गर्नका लागि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् ।

शनिबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई आफू संसदमा अघि बढाउने मनस्थितिमा रहेको जानकारी गराएका थिए ।

प्रधानमन्त्री देउवा गठबन्धन फुट्ने अवस्थामा आएपनि एमसीसी अघि बढाउने मनस्थिति देखिएकाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता भने यथास्थितिमा अघि बढाउन नहुने पक्षमा उभिएका छन् ।

यद्यपि, गठबन्धन दलका नेताबीच एमसीसी पारित गर्ने विषयमा ठोस पहल गर्न आइतबारका लागि बोलाइएको संसद् बैठक १० दिनपछि २६ माघमा सारिएको छ ।

प्रधानमन्त्री देउवाले संसद्को यही चालु अधिवेशनबाट एमसीसी पारित गर्ने सोच बनाउँदा सरकारका प्रवक्ता समेत रहेका कार्की एमाले अध्यक्ष ओलीलाई पुनः भेट गरेका छन् ।

एमाले अध्यक्ष ओलीले सरकारका प्रवक्ता कार्कीसँगको भेटमा सरकारले एमसीसीलाई संसदमा ल्याएको अवस्थामा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको सन्देश दिएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री देउवा गठबन्धन दलबाट सहयोग नभएको अवस्थामा पनि एमसीसीलाई संसदमा पेश गर्नुपर्ने दाबबमा प्रधानमन्त्री देउवा रहेका छन् ।

यसअघि १ फेव्रुअरीसम्म एमसीसी मूख्यालयले पारित गर्ने समय नेपाललाई दिएपनि सरकारको आग्रहमा फेब्रुअरीको अन्त्यसम्म समयावधि थपेको छ ।

एमसीसी मुख्यालयले यसअघि पनि संसदबाट पारित गर्नेुपर्ने समय पटक पटक थप्दै आएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...