राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवा
वि.सं.२०७८ माघ ७ शुक्रवार ११:४९
1.9K
shares
काठमाडौं: नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले आज दिउँसो ३ बजे देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ ।
प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ ।
देश कोरोना महामारीको चपेटामा परिरहेको तथा स्थानीय तथा संघीय निर्वाचन गर्नेबारे छलफल चलिरहेका बेला प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन् ।
आजै अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवटार) मा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै छ ।
वि.सं.२०७८ माघ ७ शुक्रवार ११:४९




















