नेकपा एमालेको ७७ वटै जिल्लामा आज जिल्ला अधिवेशन हुँदै, अध्यक्ष ओलीले उद्घाटन गर्दै
वि.सं.२०७८ पुस २३ शुक्रवार ११:००
1.9K
shares
काठमाडौं: नेकपा एमालेको आज ७७ वटै जिल्लामा जिल्ला अधिवेशन हुँदैछ ।
अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।
ओलीले अहिले ११ बजे केन्द्रीय कार्यालयबाट जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेको प्रचार विभाग उप-प्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
यसैबीच एमाले संगठन विभागले जिल्ला नेतृत्व सम्बन्धमा मापदण्ड बनाई ७७ वटै जिल्लामा परिपत्र गरेको छ ।
मापदण्ड अनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ ।
त्यस्तै जिल्ला सदस्य हुन जिल्ला कमिटी, जिल्ला विभाग वा एक तहमुनिको कमिटीमा कम्तीमा एक कार्यकाल बिताएको हुनुपर्नेछ ।
त्यस्तै एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३ (११) अनुसार हुने एमालेले जारी गरेको सर्कुलरमा उल्लेख छ ।
जिल्ला अधिवेशनबाट एमालेको नयाँ जिल्ला कमिटी चयन हुनेछ ।
नयाँ नेतृत्व चयनका लागि सकेसम्म सहमतिकै पहल हुने जनाइएको छ ।
वि.सं.२०७८ पुस २३ शुक्रवार ११:००



















