कोठाभित्र युवायुवती मृत भेटिए
वि.सं.२०७८ पुस २३ शुक्रवार १०:४७
1.7K
shares
काठमाडौं: काठमाडौंको बौद्धस्थित एक घरको कोठाभित्र मृत अवस्थामा युवायुवती फेला परेको प्रहरीले जनाएको छ ।
गएराति काठमाडौं महानगरपालिका-६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा युवक र युवती मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन् ।
मृतकहरु संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसिना राई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरू भिडिओ गेम पब्जीबाट नजिकिएका थिए ।
उनीहरू केही दिनदेखि लिभिङ टुगेदरमा बसेका थिए ।
वरिष्ठ उपरीक्षक सुदीप गिरीका अनुसार उनीहरू सँगै बस्न थालेको २०-२२ दिन मात्रै भएको थियो ।
उनीहरूबीच अनलाइन भिडिओ गेम पब्जीबाट चिनजान भएको थियो ।
घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७८ पुस २३ शुक्रवार १०:४७



















