सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजबाट आठौं चरणका खेलहरु हुँदै
वि.सं.२०७८ पुस २३ शुक्रवार ०९:०१
1.7K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजबाट आठौं चरणका खेलहरु सुरु हुँदैछ ।
लिगको आठौं चरण अन्तर्गत आज दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यी दुईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
संकटाले ७ खेलमा १३ अंक जोडेर लिगको तेस्रो स्थानमा छ ।
सातदोबाटो ८ अंक जोडेर आठौं स्थानमा छ ।
यस्तै दोस्रो खेलमा विभागीय टिम एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एपीएफ र जावलाखेलबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
एपीएफ ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
जावलाखेल ७ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
वि.सं.२०७८ पुस २३ शुक्रवार ०९:०१



















