माओवादी केन्द्रले बागमती प्रदेश नेतृत्वका लागि आज निर्वाचन गर्दै
वि.सं.२०७८ पुस ५ सोमवार १०:२७
2.2K
shares
काठमाडौं: नेकपा माओवादी केन्द्रले आफ्नो बागमती प्रदेश नेतृत्व चयनका लागि आज निर्वाचन गर्दैछ ।
यही पुस ११–१३ गते आयोजना गरिने राष्ट्रिय सम्मेलन अन्तर्गत सेल, टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलनसम्म आइपुगेको माओवादी केन्द्रले पहिलोपटक चुनावबाट नेतृत्व चयन गर्न लागेको हो ।
यसअघि सबै तहका नेतृत्व माओवादी केन्द्रले सर्वसहमतिकै आधारमा चयन गरेको थियो ।
माओवादी केन्द्रले आफ्नो बागमती प्रदेश नेतृत्व चयन गर्न आज गर्न लागेको चुनाव २०६९ माघ २० मा हेटौंडामा सम्पन्न महाधिवेशनपछिकै पहिलो हो ।
बागमती प्रदेशको आफ्नो नयाँ नेतृत्व चयन गर्न माओवादी केन्द्रले अहिले बिहान ११ बजे काठमाडौंस्थित अनुपम फुडल्यान्डमा चुनावी प्रक्रिया सुरु गर्दै छ ।
नेतृत्वका लागि देवीप्रसाद ढकाल (डीपी), दिनानाथ गौतम, विशाल खड्का, सरल सहयात्री लगायत आंकाक्षी छन् ।
सर्वसहमतिको प्रयास असफल भएपछि माओवादी केन्द्रले प्रदेश नेतृत्व चुनावबाट चयन गर्न लागेको हो ।
वि.सं.२०७८ पुस ५ सोमवार १०:२७



















