सहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज रेलिगेशन जोनमा रहेका फ्रेन्ड्स क्लब र एपीएफबीच प्रतिष्पर्धा हुँदै
वि.सं.२०७८ पुस ५ सोमवार १०:११
2K
shares
काठमाडौं: सहीद स्मारक ‘ए’ डिभिजन लिग अनतर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा रेलिगेशन जोनमा रहेका फ्रेन्ड्स क्लब र एपीएफबीच प्रतिष्पर्धा हुँदैछ ।
लिगमा फ्रेन्ड्स क्लबले दुई बराबरी र दुई हार ब्यहोरेको छ । आफ्नो पहिलो खेलमा सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरी खेलेको फ्रेन्ड्सले दोस्रो खेलमा संकटा क्लबसँग २-१ गोलअन्तरको पराजय ब्यहोरेको थियो ।
त्यस्तै तेस्रो खेलमा थ्री स्टार क्लबसँग १-१ गोलको बराबरी खेल्दा चौथो खेलमा मनाङ मर्स्याङदी क्लबसँग २-० को पराजय ब्यहोरेको थियो ।
त्यस्तै विभागीय टोली एपीएफले पनि फ्रेन्डस् क्लबसँग ३ अंककै लागि खेल्ने योजना बनाएको छ ।
एपीएफले यसअघि पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३-२ को पराजय ब्यहोरेको थियो भने दोस्रो खेलमा च्यासल युथ क्लबसँग १-० को पराजय ब्यहोरेको थियो ।
त्यस्तै तेस्रो खेलमा सातदोबाटो युथ क्लबसँग ४-१ को फराकिलो हार ब्यहोर्दा चौथो खेलमा आएर थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै पहिलो अंक खोसेको थियो ।
आज १ बजेबाट सुरु हुने खेलमा जित निकाल्ने टोलीले रेलिगेशनको दवाबबाट केही राहत महसुस गर्नेछन् ।
वि.सं.२०७८ पुस ५ सोमवार १०:११



















