Texas College
YouTube Link

तामाङ पत्रकार सङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनबाट सुवास योञ्जन अध्यक्षमा निर्वाचित

Facebook Link

 

काठमाडौं: तामाङ पत्रकार सङ्घको अध्यक्षमा सुवास योञ्जन तामाङ निर्वाचित भएका छन् ।

 

शनिबार स्वयम्भूस्थित पिसजोन होटेलको सभा हलमा भएको छैटौँ राष्ट्रिय महाधिवेशनबाट योञ्जन निर्वाचित भएका हुन् ।

 

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बुद्ध योञ्जन तामाङ, उपाध्यक्षद्वय विश्वराज लामा र नेत्र तामाङ, महिला उपाध्यक्षमा अन्जु डिम्डुङ, महासचिव तीर्थमान बल निर्वाचित भएका छन् ।

 

यसैगरी सचिवद्वय शिशिर दोङ र उर्गेन लो तामाङ, महिला सचिवमा सरस्वती तामाङ, कोषाध्यक्ष डोल्माछिरिङ तामाङ निर्वाचित भएको हो ।

 

सदस्यहरूमा इकमान लामा, युनिकरक्षे ग्लान, विमल तामाङ, मिक्साङ वाइबा, साहिल तामाङ‚ राजेश रुम्बा लामा, किशोरकुमार ब्लोन, साङ बहादुर लो राजु चयन भएका छन् । त्यस्तै मिलनकुमार लामा, हिरामान बल, गमला लामा, जीबी लामा, शान्ति तामाङ, अनुप योञ्जन, मानवी मोक्तान, रामचन्द्र तामाङ, कृतिका ग्लान, मिङ्मा लामालगायत सर्वसम्मत चयन भएका हुन् ।

 

महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सूचना तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार क्षेत्रको समस्याबारे अब आउने नयाँ नेतृत्वको मुख्य भूमिका रहने बताउँदै यसमा सरकारले सहजीकरण गरिदिने बताए ।

 

यस्तै कार्यक्रममा सङ्घलाई सहयोग गर्ने विभिन्न सङ्घसंस्था लगायतलाई कदरपत्रले प्रदान गरेका थिए ।

 

महाधिवेशनमा २२ जिल्ला शाखाबाट प्रतिनिधि उपस्थित भएका थिए भने प्रवास शाखा दक्षिण कोरियाबाट प्रतिनिधि रहेका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...