यी हुन् ३५ जना नेपाली कांग्रेस १४औं महाधिवेशनबाट खुला केन्द्रीय सदस्य जित्ने (मत परिणामसहित)
वि.सं.२०७८ पुस ४ आइतवार २२:२४
2.1K
shares
काठमाडौं: नेपाली कांग्रेस १४औं महाधिवेशनबाट खुल्लातर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।
महाधिवेशनबाट ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले प्रतिष्पर्धा गरेका थिए ।
खुला केन्द्रीय सदस्यमा सबभन्दा बढी डा. शशांक कोइरालाले मत पाए । दोस्रो नम्बरमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँण, चौथोमा उदयशमशेर राणा र पाँचौमा रामहरि खतिवडा छन् ।
खुला ३५ केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षका अधिकांश उम्मेदवार विजयी भएका छन् । विजयीमध्ये २५ जना देउवा पक्षबाट छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।
देउवा पक्षबाट निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्षसमेत रहेका व्यवसायी जीपछिरिङ लामा र गणेश लामासमेत निर्वाचित भएका छन् ।
हेर्नुहोस् विजयी केन्द्रीय सदस्य कसले कति मत पाए ?
१. शशांक कोइराला ३८३६
२. एनपी साउद २९३७
३. बालकृष्ण खाँण २८७९
४. उदयशम्शेर राणा २८४३
५. रामहरि खतिवडा २८३२
६. ज्ञानेन्द्रबहादुर कार्की २८२०
७. रमेश लेखक २७८०
८. शंकर भण्डारी २७६८
९. जिपछिरिङ लामा २७०२
१०. अर्जुन नरसिंह केसी २६५०
११. जितजंग बस्नेत २५५७
१२. गोपालमान श्रेष्ठ २५३८
१३. मोहनबहादुर बस्नेत-२४७६
१४. सुनीलबहादुर थापा-२४७२
१५. नैनसिंह महर २४६७
१६. दिलेन्द्रप्रसाद बडू-२४४१
१७. डा. रामशरण महत- २४३४
१८. बलबहादुर केसी-२३८८
१९. गोविन्द भट्टराई-२३५०
२०. कुन्दनराज काफ्ले-२२७९
२१. दीपक गिरी-२२६५
२२. सुरेन्द्रराज पाण्डे-२२०१
२३. पद्मनारायण चौधरी-२०३८
२४. राजीव ढुंगाना- १८९६
२५. गुरु बराल-१८७०
२६. सञ्जयकुमार गौतम-१८६७
२७. गोविन्द राज पोखरेल-१८४३
२८. मदनबहादुर अमात्य- १८३०
२९. अजयबाबु शिवाकोटी १८११
३०. गणेश लामा १७८२
३१. दिनेश कोइराला -१७८१
३२. उमेशजंग रायमाझी १७७६
३३. ई. मोहन आचार्य-१७५१
३४. गोपाल दहित-१७१०
३५. कृष्णकिशोर घिमिरे १७०७
वि.सं.२०७८ पुस ४ आइतवार २२:२४



















