Texas College
YouTube Link

कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत २४ जिल्लाको अधिवेशन सम्पन्न, १० जिल्लाको परिणाम सार्वजानिक

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत २४ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

 

कांग्रेसले पहिलो चरणमा १४ वटा हिमाली जिल्लाको अधिवेशन सम्पन्न गरेको थियो । दोस्रो चरणमा एक मात्र निर्वाचन क्षेत्र भएका २१ जिल्लाको अधिवेशन चलिरहँदा १० जिल्लाको परिणाम भने आईसकेको छ ।

 

बुधबार विहानसम्म दोस्रो चरणमा अधिवेशन भएका भोजपुर, डडेलधुरा, पाँचथर, प्यूठान, अर्घाखाँची, सल्यान, लमजुङ, जुम्ला, डोल्पा र बैतडीको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

 

अहिलेसम्म अधिवेशन सकिएका २४ जिल्लामध्ये १२ जिल्लामा पौडेल समूहनिकट जिल्ला सभापतिहरू चुनिएका छन् भने १२ जिल्लामा संस्थापन पक्ष सभापति शेरबहादुर देउवानिकट जिल्ला सभापतिहरू चुनिएका छन् ।

 

सम्पन्न अधिवेशन अन्तर्गत भोजपुरमा विनोद बान्तावा, डडेलधुरामा भीमबहादुर साउद, पाँचथरमा रुपनारायण जवेगु, प्यूठानमा विष्णुकुमार गिरी, अर्घाखाँचीमा केशव श्रेष्ठ, सल्यानमा केसबहादुर बिष्ट, लमजुङमा टकराज गुरुङ, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही र बैतडीमा चतुरबहादुर चन्द जिल्ला सभापतिमा चुनिएका छन् ।

 

कांग्रेसले सोमबारदेखि क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गरिरहेको छ ।

 

जस अन्तर्गत एक मात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये २३ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...