सरकारमा जान खुट्टा उचालेर बस्नेलाई खुसीको खबर, माधव नेपालले गरे सरकारमा जाने निर्णय
वि.सं.२०७८ भदौ १० बिहीवार १६:०३
2.3K
shares
काठमाडौं: हिजो मात्रै निर्वाचन आयोगबाट सनाखत भई नयाँ दलको मान्यता पाएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।
पार्टी गठनपछि आज पहिलो पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हामी सरकारमा जान्छौं । पाँच दल भन्न हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौं । कम्युनिष्ट पार्टी छोड्दैनौं’, उनले भने ।
केही समयअघि मन्त्री बन्नका लागि दाम्लो चुडाएर प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिल्कण्ठ नेपाल निकट सांसदहरु गएका थिए ।
अब ती सांसदहरुले मन्त्री पद पाउछ्न कि पाउँदैनन् त्यो चाहि हेर्न बाँकी छ ।
वि.सं.२०७८ भदौ १० बिहीवार १६:०३




















