क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंग्याउन खाका तयार
वि.सं.२०७८ भदौ ६ आइतवार १४:४१
2.2K
shares
काठमाडौं: नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगो लगाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले समाधानको खाका तयार पारेको छ ।
कार्यदलले उक्त खाकालाई अन्तिम रुप दिएर सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको छ । समितिका सदस्य लेखकले क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधानको खाका शनिबार साँझ नै टुंग्याइएको र आज सभापति देउवालाई प्रतिवेदन बुझाउने बताए ।
कांग्रेस केन्द्रीय समिति बैठकले भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी कार्यदललाई दिएको थियो । कार्यदलले तोकिएको समयभन्दा चार दिन ढिला गरी प्रतिवेदन बुझाउन लागेको हो ।
वि.सं.२०७८ भदौ ६ आइतवार १४:४१



















