ग्लोबल आइएमई बैंकले अंकुर नेपालसंग सहकार्य
वि.सं.२०७८ साउन ३० शनिवार १३:१५
1.7K
shares
काठमाण्डौं: ग्लोबल आइएमई बैंकले अंकुर नेपालसंग सहकार्य गरेको छ । कोरियाबाट फर्किएर विभिन्न पेसामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनका लागि ग्लोबल आइएमई बैंकले अंकुर नेपालसँग समझदारी गरेको हो ।
उक्त समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गर्नु भएको छ ।
कोरियामा आर्जित सीप, अनुभव र पूंजीलाई स्वदेशमै सदुपयोग गर्दै स्वदेशमा व्यवसाय तथा रोजगारी श्रृजना गर्न उत्प्रेरित गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई सहयोग गरी पूर्ण रोजगारी र समृद्घिको दिशातर्फ अघि बढ्ने एक अभियानका रुपमा सञ्चालन गर्न बैंक र अंकुर नेपालबीच सहुलियत कर्जासम्बन्धी सहकार्यका लागि सहमति भएको हो ।
यसका साथै सरल तथा सहज तरिकाले कर्जा प्राप्त गर्नका लागि क्षमता विकास गरी सक्षम बनाउने, उद्यमशीलताका माध्यमबाट व्यक्तिलाई उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गर्ने तथा स्वरोजगारी र उद्यमशीलताका लागि नेपालमै सम्भावना छ भन्ने सकारात्मक सोचको प्रर्वद्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग बैंकको विश्वास छ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुत्र्याउँदै आइरहेको छ।
यो पनी पढ्नुहोस् :
सानिमा बैंक लिमीटेडले २ अर्ब २७ करोड खूद नाफा आर्जन
वि.सं.२०७८ साउन ३० शनिवार १३:१५



















