Texas College
YouTube Link

समयानुकुल उद्यमशीलता

Facebook Link
vision

विश्वव्यापी रुपमा जल्दोबल्दो समस्याका रुपमा रहेको बेरोजगारिताको न्यूनीकरणको एउटा दर्बिलो समाधान स्वरोजगारिता नै हो । राज्यले अख्तियार गरीरहेको अर्थनीति तुलनात्मक रुपमा हेर्ने हो भने अग्रगमनोन्मुख नभएर प्रतिगमनोन्मुख प्रतीत हुन्छ । विश्व अर्को ग्रहमा बस्ती बसाल्ने अभियानमा रहँदा हामी लगभग १९औँ शताब्दीको नीतिलाई प्रभावकारी बनाउन तल्लीन शायद छौँ । विश्व भर्चुअल दुनियाबाट हामीउपर राज गर्ने उत्कर्षमा पुग्दै गर्दा हामी भच्र्युअल अस्तीत्वलाई स्वीकार्न सकीरहेका छैनौ । सबैकुरामा परिवर्तन प्रकृतिको नियम नै हो भने अर्थनीतिको परिवर्तनलाई स्वीकार गर्न आनाकानी गरेर मुलुक र भावी सन्तती भविष्यलाई हाम्रा यस्ता क्रियाकलापले आधा शताब्दीभन्दा पनि अझ धेरै पछिल्तिर धकेल्दै छौँ भन्ने भनकसम्म हामीलाई अद्यावधि नलाग्नु मुलुक र भावी सन्ततीको दुर्भाग्यभन्दा अरु केहि हुनै सक्दैन ।

 

स्तम्भकारले यो विषयमा नीतिगत तहबाट निर्णायक भूमिका निर्वाह गर्न सक्दै नसक्ने यथार्थलाई स्पष्ट बुझेकै भएर पनि यस्तो अत्यन्त संवेदनशील विषयमा मुखमा पानी जमाएर चुपचाप बस्न नसकेर कम्तीमा आफ्नो राय यो स्तम्भमार्फत प्रस्तुत गर्ने जमर्को गरेको छ । लगातारको बन्दाबन्दी, निषेधाज्ञा आदिका कारण जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा राज्यको नीतिनिर्माण एवम् निर्णायक तहले हदैसम्मको लोचकता अपनाएर युगानुकुल अर्थनीतिलाई प्रभावकारी बनाउन उदारता देखाउने बेला आएको छ भन्नु युक्तिसंगत हुँदैन, बरु त्यो बेला समाप्त हुनै लागेको सँघारमा छ । हिन्दीको एउटा कहावत प्रसिद्ध छ – देरसे आया, दुरुस्त आया । यहि कहावतलाई व्यवहारिक बनाउने श्रेय कसलाई जाने हो ? गम्भीर प्रश्नचिह्न उभिएको अवस्था विद्यमान छ ।

 

वर्तमानमा प्रभावकारी रहेको नपुंसक नीति राज्यले रोजगारिताको समाधान दिन नसकेर बेरोजगार उत्पादन गर्ने कारखाना बनेको छ । यस्तो अवस्थामा नागरिक आपैmले स्वरोजगारिताको जोहो गरेर आपूm र परिवारको दैनिकी चलाउँदा त्यो पनि जिम्मेवार तहमा बसेका आदरणीयहरूलाई पाच्य नहुनु त झनै बिडम्बना नै लाग्छ । हामी चहान्छौँ, राज्य र राज्यले अख्तियार गरेको नीति हामी सर्वसाधारणको हित विपरित नभै दिए पुग्छ । यस्तै विभिन्न सम्भावना मध्ये आज हामी नेटवर्कका बारेमा चर्चौँ,  हुन्छ ?

 

 

१)      नेटवर्क

 

नेटवर्क भन्ने शब्दलाई नेपालमा यति अतिरञ्जित गरियो कि यो शब्द सुन्नासाथ सर्वसाधारण तर्सिने अवस्था आएको छ । शायद वर्तमान अवस्थामा तिक्त भोगाइ बनेको कोभिड–१९ लाई पनि मानसिक रुपले नेपाली मानसिकताले परास्त गर्ला तर यदि विद्यमान अवस्थालाई निरन्तरता दिने हो भने नेटवर्क शब्दप्रति गरिएको अतिरञ्जनले सम्भवतः नेपाली मानसिकतामा सकारात्मक स्वरुप दिन सक्दैन ।

 

शाश्वत् सत्य, नेटवर्क आफैमा वरदान हो मानव जगतका लागि । सिंगो विश्व समुदाय संयुक्त राष्ट्र संघप्रतिको आस्थाले मित्रवत् रहनु नेटवर्कको एउटा स्वरुप हो । राष्ट्रप्रमुखदेखि लिएर स्थानीय तहसम्म निरन्तर समन्वयमा रहेर सर्वसाधारणको हकहितमा कार्यसम्पादन गरिनु नेटवर्क नै हो । सत्य सेवा सुरक्षाको मूल नारा हृदयंगम् गरेर अहोरात्र सर्वसाधारण, समुदाय, समाज र राज्यको शान्ति सुरक्षार्थ खटिने प्रहरी प्रशासनको महानिरीक्षकदेखि लिएर स्थानीय चौकीमा खटिनुभएका कान्स्टेबलसम्मको सम्बन्ध र कार्यसम्पादन प्रक्रिया वास्तवमा नेटवर्क नै हो । त्यसो त सांगठनिक रुपमा गरिने हरेक कार्य नेटवर्ककै शक्तिका कारण सम्भव भएको हुन्छ तसर्थ नेटवर्क मानव जगतका लागि वरदान नै हो ।

 

कोभिड–१९ का कारण विश्वव्यापी रुपमा गरिएको लक्डाउनको अवस्थामा लगभग सबै क्षेत्र बन्द प्रायः भइ सिंगो अर्थतन्त्र अस्तव्यस्त भएको अवस्थामा पनि बन्दकोठा भित्रैबाट अतिरिक्त आय आर्जन गर्ने अवसर दिन सफल श्रोत नेटवर्क नै हो जबकि त्यति नै खेर सरकारले आफ्ना सकल जनतालाई सुरक्षाका उपायभन्दा माथि उठेर अनि अति आवश्यकीय केहि लक्षित वर्गलाई राहत दिलाउन बाहेक थपमा समूल राज्यको अर्थतन्त्रलाई सम्बोधन गर्न नसकीरहेको अवस्थामा मानव जगतका लागि वरदान सिद्ध नेटवर्कलाई ठगीको धन्दा भनीरहँदा कति न्यायोचित अभिव्यक्ति दिइरहेका हुन्छौँ भनेर अभिव्यक्त गर्ने वक्ता स्वयम्ले मनन गर्ने पक्ष हो ।

 

निदानः

 

वास्तवमा भन्ने नै हो भने नेटवर्कमा एकाधिकार हुँदैन अनि एकल सम्पादन पनि हुँदैन बरु समूह–कार्य (Teamwork)  प्रभावकारी भएको हुन्छ । राज्यले नागरिकको सामूहिक सहभागिताको खाँचो महशुस गरेको अवस्थामा शुन्यबाट शुरु गरिरहनु पर्ने अवस्था हुँदैन बरु पूर्वतैयारी अवस्थामा रहेका र समूह–कार्य (Teamwork) मा पारंगत समूह प्राप्त गर्दछ जहाँ एकार्काका बारेमा कार्यसम्पादन शैलीका बारेमा व्यक्तिहरु जानकार हुन्छन् र शीघ्र कार्यसम्पादनमा टेवा मिल्छ ।

 

यसका बारेमा विस्तृत अध्ययन अपरिहार्य छ । जेहोस्, नेटवर्क शब्दलाई NET WORK भनेर तोडमरोड गरेर छुट्टाछुट्टै दुई शब्दमा विभाजन गरेर होइन NETWORK भनेर मूलरुपमा एकैशब्दमा बुझियो भने सर्वथा सुन्दर हुन्छ र सरोकारवालाले यसको सुन्दरता एवम् सशक्ततालाई सर्वसाधारणसम्म सुशिक्षित गर्ने कार्य गर्नै पर्छ ।

शाश्वत् सत्य, नेटवर्क आफैमा वरदान हो मानव जगतका लागि । सिंगो विश्व समुदाय संयुक्त राष्ट्र संघप्रतिको आस्थाले मित्रवत् रहनु नेटवर्कको एउटा स्वरुप हो । राष्ट्रप्रमुखदेखि लिएर स्थानीय तहसम्म निरन्तर समन्वयमा रहेर सर्वसाधारणको हकहितमा कार्यसम्पादन गरिनु नेटवर्क नै हो । सत्य सेवा सुरक्षाको मूल नारा हृदयंगम् गरेर अहोरात्र सर्वसाधारण, समुदाय, समाज र राज्यको शान्ति सुरक्षार्थ खटिने प्रहरी प्रशासनको महानिरीक्षकदेखि लिएर स्थानीय चौकीमा खटिनुभएका कान्स्टेबलसम्मको सम्बन्ध र कार्यसम्पादन प्रक्रिया वास्तवमा नेटवर्क नै हो । त्यसो त सांगठनिक रुपमा गरिने हरेक कार्य नेटवर्ककै शक्तिका कारण सम्भव भएको हुन्छ तसर्थ नेटवर्क मानव जगतका लागि वरदान नै हो ।

२)      नेटवर्क व्यवसाय ? नेटवर्क मार्केटिङ ? नेटवर्क इण्डष्ट्री ?

नेपाल सन्दर्भमा हालसम्म नेटवर्कलाई नियमन गर्ने पटकौँ प्रयास पछि पनि अवस्था जहाँको तहीँ भएको कुरालाई नकार्न सकिन्न । यसको कारक पक्ष के भने सरकारसम्म नेटवर्क सम्बन्धि यथार्थ सपष्ट गरिने कार्य अद्यावधि भएकै छैन । सरकारी तवरबाट नियमन गर्ने सरोकारवाला पक्षलाई दिग्भ्रमित गर्ने अभिप्रायले जहिले पनि नेटवर्क शब्दसित व्यवसाय शब्द जोडेर मात्र सम्बोधन गराउने कार्य चातुर्यतापूर्वक भएको हो कि ? भन्ने प्रश्नचिन्ह यतिखेर उभिएको छ ।

 

क)      नेटवर्क व्यवसाय मात्रै भनिरहँदा यो त व्यवसाय गर्ने अर्थात् लगानी गर्ने व्यक्ति वा समूहको पक्षपोषण गर्ने सीमित प्रयास मात्रै भएको स्पष्ट देखिन्छ अर्थात् लगानीकर्ता पक्षले आफ्नो लगानीको प्रत्याभूत गराउने अभ्यासमात्रै गरिएको चरीतार्थ हुन्छ । यदि त्यसो होइन भने विगतदेखि लामो प्रयास भइरहेको यो अभ्यासमा खै त सरकारी सरोकारवाला संयन्त्रको अवधारणा र सर्वसाधारण विशेष गरी स्वतन्त्र प्रतिनिधि (Independent Representative) का रुपमा आवद्ध रहने उपभोक्ताको हकहितलाई समेटेर सम्बोधन गरिएको ?

 

थपमा नेटवर्क व्यवसायका नाममा नियमन पक्षलाई मार्गविचलन गर्ने दुस्साहससमेत सीमित लगानीकर्ता पक्षबाट भएको स्पष्ट हुन्छ किनकि सिंगो विश्वबजारमा प्रत्यक्ष व्यापारका बारेमा नेतृत्व दिइरहेको संस्था प्रत्यक्ष व्यापार संघको विश्वव्यापी महासंघ (World Federation of Direct Selling Association)ले प्रत्यक्ष व्यापार प्रणालीमा “वस्तु तथा सेवा (Goods and Services)” भनेर समावेश गरेको पाइन्छ भने कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने नेपाली उखानलाई चरीतार्थ पार्दै नेपालसन्दर्भमा मस्यौदा भएको प्रत्यक्ष व्यापारसम्बन्धि नीतिमा भने सेवालाई नसमेटेर वस्तुलाई मात्र राखिनुले पनि लगानीकर्ताको पक्षपोषण गरीरहेकोतर्फ इंगित गर्दछ अन्यथा प्रत्यक्ष व्यापारको नीति अन्तर्गत नेपालको पर्यटनलाई सम्बोधन गरी प्रवद्र्धन गर्ने हो भने के नेपाल र नेपालीलाई यसबाट फाइदा पुग्दैन त ? स्मरणीय छ, पर्यटन व्यवसाय सेवाअन्तर्गत पर्न आउँछ, वस्तुअन्तर्गत होइन ।

 

ख)      सर्वसाधारणकालागि नेटवर्क व्यवसाय नभएर मार्केटिङ हो, बजार व्यवस्थापन तथा प्रवद्र्धन हो । नेटवर्क इण्डष्ट्रीको प्रादुर्भावसँगै नेटवर्कमा आवद्ध सर्वसाधारणलाई स्वतन्त्र प्रतिनिधि (Independent Representative) का रुपमा अङ्गिकार गरिएको पाइन्छ । यहाँ स्पष्ट पारिनु पर्ने वास्तविकता के हो भने नेपाल सन्दर्भमा विगतमा प्रत्यक्ष व्यापार गर्ने कम्पनीसित आवद्ध हुने प्रतिनिधि (सदस्य) का बारेमा राखिएको मान्यताको अवस्था अध्ययन गर्दा आवद्ध हुने स्वतन्त्र प्रतिनिधि (सदस्य) हरुले आफूलाई कम्पनीको लगानीकर्ता अथवा मालिकका रुपमा लिने भूल गरेको पाइन्छ जबकि यथार्थमा आवद्ध सबै सदस्यहरु स्वतन्त्र प्रतिनिधि (सदस्य) मात्र हुन्छन् । स्वतन्त्र प्रतिनिधिहरुले नेटवर्क व्यवसायिक कम्पनीमा सहभागी बनेर कार्यसम्पादन गरिरहँदा स्वरोजगारिता तथा उद्यमशीलताको निर्माण भइरहेको हुन्छ र यहि सुन्दरताले सरकारलाई स्वरोजगारिता तथा उद्यमशिलताको समस्या न्यूनीकरणमा सघाउ पुगीरहेको हुन्छ ।

 

ग)      सरकारकालागि नेटवर्क व्यवसाय नभएर इण्डष्ट्री हो, उद्योग हो । यो इण्डष्ट्री (उद्योग)लाई सरकारले नियमन गरिसकेपछि सो परिधिभित्र समाहित भएर अनेक व्यवसायहरु अटाउने क्षेत्र प्रशस्त हुन्छ । त्यतिमात्र नभएर सरकारले सर्वसाधारण उपभोक्ताको हकहितलाई ध्यानमा राखेर तैयार पारेको उपभोक्ता हकहितको संरक्षण गर्न बनेको कानूनसमेत ठेलीमा सीमित नरहेर व्यवहारमा रुपान्तरित हुन पुग्छ । सरकारका तर्पmबाट नेटवर्क इण्डष्ट्रीलाई औपचारिक रुपमा अस्तीत्वमा ल्याएर नेटवर्क व्यवसाय अनि नेटवर्क मार्केटिङलाई प्रोत्साहित गर्दा अरु क्षेत्रका तुलनामा अत्याधिक श्रोत तथा साधनको परिचालन हुन आउँछ ।

 

निदानः

 

माथि प्रकरण क), ख) र ग) मा उल्लेख भएअनुसारका शब्दावली तथा वाक्यांशका हकमा नियमन निकाय लगायत सम्बन्धित सरोकारवाला स्पष्ट हुन अनि पार्न अत्यावश्यक देखिन्छ । त्यसका साथै नेटवर्क व्यवसायीले व्यवसायीकै रुपमा, नेटवर्क मार्केटिङमा स्वतन्त्र प्रतिनिधिका हैसियतले आवद्ध प्रतिनिधिले बजार प्रवद्र्धककै रुपमा अनि सरकारका तर्पmबाट नेटवर्क इण्डष्ट्रीकै रुपमा अंगीकार गरेर लैजाँदा कहिँ कतै पनि आउने दिनमा दूर्घटना हुन पाउँदैन ।

 

यसअर्थमा राज्यभित्र नेटवर्क व्यवसाय सञ्चालन गर्ने पक्षका लागि भन्दा राज्यस्तरबाटै नेटवर्क इण्डष्ट्रीलाई औपचारिक अस्तीत्व प्रदान गर्न अपरिहार्य छ किनकि नेटवर्क इण्डष्ट्रीलाई औपचारिकता दिन सकेको अवस्थामा यो राज्यकै सबैभन्दा ठूलो, फाइदाजनक, प्रभावकारी तथा जनमूखी उद्योग हुने कुरामा कुनै शंकै छैन ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...