सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग
वि.सं.२०७८ साउन १७ आइतवार १३:२१
1.7K
shares
काठमाडौं: सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई बाल अस्पताल निर्माणका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त आर्थिक सहयोग प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
सो समझदारीपत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट डा. भगवान कोइराला र सानिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बैंकमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गर्नु भएको छ ।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बालबालिकालाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नका लागि राजधानी काठमाडौं लगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ ।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष डा. भगवान कोइराला मुटुरोग विशेषज्ञ, प्राध्यापक तथा समाजसेवी हुन् । सानिमा बैंकको देशभर हालसम्म ८६ वटा शाखा सञ्जाल, १८ विस्तारित काउन्टर तथा ९६ वटा एटीएम रहेका छन् ।
यो पनी पढ्नुहोस् :
मेगा बैंक नेपाल लिमिटेडले एकैदिन ६ वटा नयाँ शाखा विस्तार
वि.सं.२०७८ साउन १७ आइतवार १३:२१



















