YouTube Link

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको सपथ ग्रहण, मन्त्रिपरिषदमा पुरानै मन्त्री (नामावलीसहित)

Facebook Link

काठमाडौं: नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

 

शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

 

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई हिजो राति प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

 

यसैबीच राष्ट्रपतिले उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत अन्य मन्त्रीहरुलाई पनि पद तथा गोपनीयताको सपथ गराएकी छिन् । यस्तै प्रधानमन्त्री ओलीले राज्य मन्त्रीलाई सपथ गराएका छन् ।

 

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै अनुहारलाई दोहोर्‍याउँदै मन्त्रिपरिषद् गठन गरेका छन् ।

 

ओलीसँगै उनको मन्त्रिपरिषदका सदस्यले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । दोहोरिएका मन्त्रीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

सपथ लिने मन्त्रीहरूमा रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयश त्रिपाठी, लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ र प्रभु साह छन् ।

 

त्यस्तै भानुभक्त ढकाल, मणि थापा, पद्मा अर्याल, वसन्त नेम्वाङ, गौरीशंकर चौधरी, पार्वत गुरुङ, शिवमाया तुम्वाहाङ्फे, लीलानाथ श्रेष्ठ, प्रेम आले, दावा लामा तामाङ र जुलीकुमारी महतो छन् ।

 

​राज्यमन्त्रीहरू नवराज रावत, रामवीर मानन्धरले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् । मन्त्री र राज्य मन्त्रीहरुले यसअघिकै मन्त्रालयको जिम्मा पाएका छन् ।

 

 

मन्त्रिपरिषद्को नामावली

 

१. केपी शर्मा ओली : प्रधानमन्त्री तथा रक्षा मन्त्रालय

 

२. इश्वर पोखरेल : उपप्रधानमन्त्री (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय)

 

३. राम बहादुर थापा : गृह मन्त्रालय

 

४. टोप बहादुर रायमाझी : उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय

 

५. विष्णु पौडेल : अर्थ मन्त्रालय

 

६. प्रदीप ज्ञवाली : परराष्ट्र मन्त्रालय

 

७. हृदयश त्रिपाठी : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

 

८. लेखराज भट्ट : उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय

 

९. कृष्णगोपाल श्रेष्ठ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

 

१०. प्रभु साह : शहरी विकास मन्त्रालय

 

११. भानुभक्त ढकाल : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

 

१२. मणिचन्द्र थापा : खानेपानी तथा सरसफाई मन्त्रालय

 

१३. पद्मा अर्याल : कृषि तथा पशुपंक्षी मन्त्रालय

 

४. वसन्त कुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

 

१५. गौरीशंकर चौधरी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

 

१६. पार्वत गुरुङ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

 

१७. डा. शिवमाया तुम्वाहाङ्फे : भूमी व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्रालय

 

१८. लीलानाथ श्रेष्ठ : कानुन मन्त्रालय

 

१९. गणेश सिंह ठगुन्ना : संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

 

२०. प्रेम आले बन मन्त्रालय

 

२१. जली कुमारी महतो : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

 

२२. दावा लामा (तामाङ) : युवा तथा खेलकुद मन्त्रालय

 

राज्यमन्त्रीहरू

 

१. नवराज रावत : स्वास्थ्य राज्यमन्त्री

 

२. रामवीर मानन्धर : शहरी विकास राज्यमन्त्री

 

३. बिमला बिक : उद्योग राज्यमन्त्री

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...