YouTube Link

नेपाल पत्रकार महासंघ नुवाकोटमा तालाबन्दी, बैशाख ८ गते (आज) हुने भनिएको निर्वाचन पनि प्रभावित

Nepali Sena Suvakamana Dashain
Facebook Link

नुवाकोट: नयाँ नेतृत्व चयनका लागि भएको नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत नुवाकोट शाखाको विवाद तालाबन्दीसम्म पुगेको छ ।

 

मंगलबार अध्यक्ष र दुई उपाध्यक्ष पदका उम्मेद्धारले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्ला शाखामा तालाबन्दी गरेका हुन् ।

 

तालाबन्दीसँगै बैशाख ८ गते (आज) हुने भनिएको निर्वाचन पनि प्रभावित भएको छ ।

 

गत चैत २५ गते भएको चुनाव धाँधलीपूर्ण भएको भन्दै विवादित बनेपछि केन्द्रीय निर्वाचन समितिले चैत २५ गते भएको चुनाव रद्द गरी फेरि निर्वाचन गर्न निर्देशन दिएको थियो ।

 

तर पुनः हुने निर्वाचन पूरानै निर्वाचन समितिलाई निरन्तरता दिइएको र पहिलाको जस्तै अपराधिक कृयाकलाप हुन लागेको भन्दै निर्वाचन समितिका सदस्य राम श्रेष्ठले राजीनामा दिएका छन् ।

 

श्रेष्ठले २५ गतेको निर्वाचनमा प्रमुख निर्वाचन अधिकृत बशुराम रिजाल र सदस्य उत्तम घिमिरेले उम्मेदवारी दर्ता, नामावली प्रकाशनदेखि मतपत्रमा संकेत राख्ने लगायतको अपराध गरेको उल्लेख गर्दै राजीनामा दिएका हुन् ।

 

उनले निर्वाचन आचारसंहिता विपरितको काम नगर्न आग्रह गर्दा बहुमतको आधारमा निर्णय गरेर अघि बढेको आरोप लगाएका छन् ।

 

अध्यक्ष पदका प्रत्यासी नारायण नेपाल, उपाध्यक्ष पदका प्रत्यासी रुपा अर्याल र नमराज सुवेदीले निर्वाचन समितिका सदस्यले नै अपराधिक गतिविधिमा संलग्नलाई छानबिन समेत नगरी निर्वाचन कार्यक्रम अघि बढाउन लागिएको भन्दै तालाबन्दी गरेका हुन् ।

 

विद्यमान अध्यक्ष निर्वाचन समितिका पदाधिकारीहरुको असक्षमता र अपराधिक कृयाकलाप संलग्न भएका कारण रोकिएको निर्वाचन पुनः गराउन अर्को समिति गठन गरिएको साझा प्रयास निष्कर्षमा पुग्न नसकेका कारण तालाबन्दी गर्नुपरेको बताएका छन् ।

 

“निर्वाचन गराउनका लागि प्रतिष्पर्धामा रहेका उम्मेद्धारबीच साझा सहमति जुट्न नसकेको, यही निर्वाचन समिति मार्फत् गराउने निर्वाचन पुनः निष्पक्ष हुन नसक्ने भन्दै अर्को निर्वाचन समिति गठन गर्न माग भइरहेको थियो । पत्रकारका पेशागत संगठनकाबिचबाट समेत सहमति जुटाउन भइरहेको प्रयास निष्कर्षमा पुग्न नसकेको र यसअघिको निर्वाचनमा जस्तै पुनः अपराधिक कृयाकलाप गरेर पत्रकारिता पेसा र पत्रकारको बदनाम गराई जुनसुकै तवरबाट चुनाव गराउन खोज्ने यस असक्षम निर्वाचन समिति तत्काल भंग गर्दै अर्को समिति गठन गर्न केन्द्रीय समिति समक्ष अनुरोध गर्दछौँ” विज्ञप्तिमा भनिएको छ ।

 

चैत २५ गते देशैभर भएको चुनाव अन्तर्गत नुवाकोटको मतदानका क्रममा भने मतपत्रमै संकेत नम्बर राखेर निर्वाचन गराइएको पाइएको थियो ।

 

जिल्ला निर्वाचन समितिले संकेत राखिएका मतपत्र गनेर परिणाम घोषणा तयारी भइरहेको बेला उजुरीका आधारमा केन्द्रीय निर्वाचन समितिले खारेज गरेको थियो ।

 

निर्वाचनमा सहभागी नहुन पूर्वअध्यक्षहरुको सयुक्त अपिल

 

नेपाल पत्रकार महासंघ नुवाकोटको जिल्ला अधिवेशनपछि तय भएको नेपाल पत्रकार महासंघ जिल्ला निर्वाचन समितिको चुनाव तत्कालका लागि स्थिगत गरेर सहमतिको आधारमा अघि बढाउन पूर्वअध्यक्षहरुले आग्रह गरेका छन् ।

 

पत्रकार महासंघ नुवाकोटका दुई कार्यकालको सफल जिम्मेवारी पूरा गर्नुभएका पूर्वअध्यक्ष राजुमित्र खनाल र निवर्तमान अध्यक्ष प्रकाशकुमार अधिकारीले सयुक्त अपिल पत्र जारी गर्दै बैशाख ८ मा गराउन लागेको चुनाव निष्पक्ष नहुने देखिएको भन्दै यसमा सहभागी नहुनको लागी मतदाता पत्रकारहरुलाई आग्रह गरेका छन् ।

 

हेर्नुहोस् पूर्व अध्यक्षहरुको सयुक्त अपिल

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...