इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसमाथि टोटेनहमको सहज जित
वि.सं.२०७७ फागुन २४ सोमवार ०८:२७
1.3K
shares
एजेन्सी: इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।
गएराती भएको खेलमा घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन र ग्यारेथ बेलले समान दुई- दुई गोल गरे ।
क्रिस्टलका क्रिस्टियन बेन्टेकेले एक गोल फर्काए । खेलको २५ औं मिनेटमा बेलको गोलबाट टोटेनहमले अग्रता बनाएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा बेन्टेकेले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए ।
तर खेलको ४९ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए ।
खेलको ५९ औं मिनेटमा केनले गोल गर्दै टिमको अग्रता ३-१ को बनाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ४-१ ले जित दिलाए ।
जितसँगै टोटेनहमले २७ खेलमा ४५ अंक जोडेको छ । टोटेनहम लिगको छैटौं स्थानमा रहेको छ ।
क्रिस्टल ३४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
सिरी ‘ए’ फुटबलमा एसी मिलानको सहज जित
वेस्ट इन्डिजलाई श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज
आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
वि.सं.२०७७ फागुन २४ सोमवार ०८:२७




















