Texas College
YouTube Link

बालुवाटारमा संवैधानिक परिषद् र मन्त्रिपरिषदको बैठक बस्दै

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे बालुवाटारमा संवैधानिक परिषदको बैठक बोलाएको परिषदका सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

गत मंगलबार नयाँ अध्यादेश जारी भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएपछि बुधबारको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति बनेको थियो ।

प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा भने बैठकमा उपस्थितिका बारेमा भने केही बताइएको छैन ।

संविधान अनुसार ६ सदस्य रहने संवैधानिक परिषदमा बैठकका लागि गणपुरक संख्याका लागि ५ जनाको उपस्थित अनिवार्य हुन्छ । तर गत मंगलबार जारी गरिएको अध्यादेश अनुसार सभामुख उपस्थित नभएपनि बैठक गर्न सकिने व्यवस्था गरिएको छ ।

बुधबारको नेकपा स्थायी समिति बैठकमा भएको सहमति अनुसार प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिनुपर्ने हुन्छ । तर अध्यादेश फिर्ता नगर्दै पुनः बैठक बोलाईएको छ ।

यसैबीच आज साँझ ६ बजे मन्त्रिपरिषदको नियमित बैठक आव्हान गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा साँझ ६ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको बताए ।

र यो पनि पढ्नुहोस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...