नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ३६,४५६ पुग्यो
वि.सं.२०७७ भदौ १२ शुक्रवार १६:४२
1.3K
shares
काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९ सय २७ जना सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार काठमाडौंमा ३ सय ५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना सहित उपत्यकामा ४ सय १५ जना कोरोना संक्रिमत थपिएका छन् ।
पछिल्लो २४ घण्टामा थप १ सय ६९ जना सहित नेपालमा हालसम्म २० हजार २ सय ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म १ सय ९० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ भदौ १२ शुक्रवार १६:४२




















