YouTube Link

‘जापानी मेस्सी’ टाकेफुसा कुबो भिल्ला रियलमा अनुबन्ध

Facebook Link

एजेन्सी: जापानी यूवा खेलाडी टाकेफुसा कुबोलाई स्पेनिस क्लब भिल्ला रियलले अनुबन्ध गरेको छ ।

भिल्ला रियलले आधिकारीक रुपमा सोमबार जापानी मेस्सी भनेर चिनिने रियल मड्रिडका युवा खेलाडी कुबोलाई लोनमा अनुबन्ध गरेको हो ।

दुईपक्षबीच भएको सम्झौता अनुसार कुबोले एक सिजन भिल्ला रियलमा बिताउने छन् । भिल्ला रियलले कुबो क्लबमा आवद्ध भएको र उनले सिजन २०२०/२१ भिल्ला रियलबाट खेल्ने जानकारी गराएको छ ।

रियलले पनि आफ्ना भवि स्टारलाई एक बर्षका लागि महत्वपूर्ण जिम्मेबारी सहित भिल्ला रियल पठाएको जानकारी दिएको छ । रियलका अनुसार उनको सम्झौता २०२१ को जुन अन्तिममा सकिने छ ।

जापानी खेलाडी कुबो पछिल्लो पुस्ताका निकै सम्भावना बोकेका खेलाडी हुन् । बार्सिलोनाको एकेडेमीका उत्पादन कुबो उमेर हदका कारण बार्सिलोना छाड्दै जापान पुगेका थिए ।

जापानमा उनले शिर्ष डिभिजन क्लब टोकियो एफसीबाट लिग खेल्ने अवसर पाए । सोही क्रममा रियलले उनलाई अनुबन्ध गरेको थियो ।

कुबोले पनि अब रियलमा खेल्ने सोच बनाएकोले स्पेन बाहिर नजाने अभिब्यक्ति दिएका थिए । रियलले उनको रिलिज क्लज २२७ मिलियन पाउण्ड तोकेको भए पनि सिजन २०२१/२२ कुबोलाई टिममा समावेस गर्दै लालिगा खेल्ने उसको योजना छ ।

‘जापानको मेस्सी’ भनिने कुबोले जापानका लागि ७ खेल खेलिसकेका छन् । जापानको राष्ट्रिय टोलीमा २०१९ को जुनमा डेब्यू गरेका उनी लिभरपुलमा ब्यवसायीक फुटबल खेल्ने जापानी विंगर मिनामिनोको विकल्पको रुपमा राष्ट्रिय टोलीमा स्थान बनाउँदै आएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...