कोरोना भाइरसका कारण अमेरिकामा सबैभन्दा बढीको मृत्यु, सात लाख भन्दा बढी संक्रमित
वि.सं.२०७७ वैशाख ८ सोमवार ११:०६
1.3K
shares
काठमाडौं: चीनको वुहान शहरबाट गत सुरु भएको कोरोना भाइरसका कारण विश्वभर प्रभावित बनेको छ । कोरोना भाइरसका कारण अमेरिकामा सबैभन्दा बढी संक्रमित भएका छन् ।
अमेरिकामा कोरोनाका कारण ७ लाख ६५ हजार भन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ४० हजार पाँच सय भन्दा बढी नाघेको छ । विश्वभर २४ लाख ७ हजार ४ सय १४ मानिस कोरोनाबाट संक्रमित भएका छन् भने करिव १ लाख ६५ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
यसैबीच अमेरिकी सरकारले कोरोना भाइरसका कारण समस्यामा परेका साना व्यवसायीहरुलाई आर्थिक सहायता दिने भएको छ । डेमोक्र्याट्स र रिपब्लिकनहरुले कोरोना कारण समस्यामा परेका साना उद्योगीहरुलाई आर्थिक सहायता गर्न सरकारलाई सहमति दिएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले डेमोक्र्याट्स र रिपब्लिकनहरुसँग आर्थिक सहायताका लागि सम्झौता हुन लागेको बताएका हुन् । गत महिना अमेरिकाले कोरोना भाइरसको महामारीबाट बच्नका लागि दुई खर्ब डलर भन्दा बढीको कोरोना भाइरस आर्थिक राहत योजना कोष स्थापना गरेको थियो । उक्त कोषमार्फत साना उद्योगी र व्यवसायीहरुलाई आर्थिक सहायता प्रदान गर्न सकिने राष्ट्रपति ट्रम्पले बताउँदै आएका थिए ।
वि.सं.२०७७ वैशाख ८ सोमवार ११:०६



















