YouTube Link

टेकु अस्पताल र पाटन अस्पतालको आइसोलेसन वार्ड भरियो, नयाँ बिरामीलाई भर्ना गर्न समस्या

Facebook Link

काठमाडौं: कोरोना भाइरसका शंकास्पद बिरामीको संख्या बढ्दै गएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालको आइसोलेसन वार्ड भरिएका छन् । दुवै अस्पतालमा तयार गरिएका आइसोलेसन वार्डका बेड भरिएपछि नयाँ बिरामीलाई भर्ना गर्न समस्या भएको छ ।

टेकु अस्पतालमा रहेका पाँचवटा आइसोलेसन वार्ड र अरु सातवटा बेडमा बिरामी भरिएपछि नयाँ बिरामी भर्ना गरेर उपचार गराउन समस्या भएको टेकु अस्पतालले जनाएको छ ।

टेकु र पाटनमा ठाउँ नपाएर भर्ना गर्न नसकिएका बिरामीको उपचार गर्न सशस्त्रको अस्पतालले अस्वीकार गरेको छ । बिरामीलाई सशस्त्रको अस्पतालले तयारी नै नभएको भनेर भर्ना लिन अस्वीकार गरेपछि समस्या भएको छ । सशस्त्रले लिन नमानेपछि टेकुको आइसोलेसन वार्डका सामान्य बिरामीलाई पाटन अस्पताल पठाउने तयारी गरिएको छ । पाटनका बिरामीलाई टेकुको जनरल बेडमा ल्याएर टेकुको आइसोलेसन वार्डको बेड खाली गर्ने योजना चिकित्सकले बताएका छन् ।

यसैबीच कोरोना भाइरसको सम्भावित संकटविरुद्ध सरकारले सम्पूर्ण शक्ति लगाइरहँदा निजी क्षेत्र भने तर्किन थालेको छ । विश्‍‍वभर पुगिसकेको कोरोना नेपालमा फैलिन नदिन सरकारले नेपाललाई नै एक साताका लागि लकडाउन गरिसकेको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार काठमाडौं उपत्यकाका निजी अस्पतालले रुघाखोकीका बिरामीको पनि उपचार गर्न अस्वीकार गरेको बुझिएको छ । रुघाखोकीका सबै बिरामीलाई कोरोना लागेको हुँदैन तर निजी अस्पतालहरुले संकटको अवस्थामा गैरजिम्मेवारपूर्ण व्यवहार देखाउन थालेको समाचार बाहिरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...