YouTube Link

फिफा विश्वकपको दोस्रो चरणको छनोट खेलमा आज नेपालले कुवेतसँग खेल्दै, अंक खोस्ने नेपालको दाबी

Facebook Link

काठमाडौं: कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालको पहिलो घरेलु खेलको रुपमा रहेको कुवेतसँगको खेल भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार दिउसो पौने ३ बजेबाट सुरु हुनेछ ।

 

नेपालको पहिलो होम खेलको रुपमा रहेको यस खेल यसअघि दशरथ रंगशाला हुने तय भएको थियो । तर, पुननिर्माण भईरहेको नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि फिफा र एएफसीले खेल न्युट्रल भेन्युमा भुटानमा गर्ने निर्णय गरेको हो । यसैबीच नेपाली टिमका प्रशिक्षक कालिनले कुवेतबिरुद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास रहेको बताएका छन् । त्यस्तै नेपाली टिमका कप्तान किरण चेम्जोङले आफुहरु कुवेतबिरुद्ध अंक खोस्न तयार रहेको दावी गरेका छन् ।

 

यसअघि कुवेतबिरुद्धको खेल अघि बन्द प्रशिक्षणमा रहेका खेलाडी नाइट क्लबमा भेटिएको भन्दै एन्फाले बिमल घर्तिमगरसहित अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई टिमबाट बर्खास्त गरेको थियो । त्यसपश्चात सुवास गुरुङलाई टिममा समेटिएको थियो । यसअघि भएको ४ खेलमा नेपालले ३ खेलमा हार बेहोरिसकेको छ भने १ खेलमा जित निकालेको छ ।

 

पहिलो खेलमा कुवेतसँग नेपाल ७ शून्यले पराजित भएको थियो त्यसपछि चाइनिज ताइपेइसँग २ शून्यको जित निकालेको नेपाल अष्ट्रेलियासँग ५ शून्यले पराजित हुन पुगेको थियो । त्यस्तै नेपालले जार्डनसँग पनि ३-० को हार बेहोर्न पुग्यो । नेपाल ३ अंकसहित तालिकको चौथो स्थानमा रहेको छ भने कुवेत ४ अंक सहित तालिकको तेस्रो स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...