Health Ad
YouTube Link

फिफा विश्वकपको दोस्रो चरणको छनोट खेलमा आज नेपालले कुवेतसँग खेल्दै, अंक खोस्ने नेपालको दाबी

Khanepani Dhal
Facebook Link

काठमाडौं: कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालको पहिलो घरेलु खेलको रुपमा रहेको कुवेतसँगको खेल भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार दिउसो पौने ३ बजेबाट सुरु हुनेछ ।

 

नेपालको पहिलो होम खेलको रुपमा रहेको यस खेल यसअघि दशरथ रंगशाला हुने तय भएको थियो । तर, पुननिर्माण भईरहेको नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि फिफा र एएफसीले खेल न्युट्रल भेन्युमा भुटानमा गर्ने निर्णय गरेको हो । यसैबीच नेपाली टिमका प्रशिक्षक कालिनले कुवेतबिरुद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास रहेको बताएका छन् । त्यस्तै नेपाली टिमका कप्तान किरण चेम्जोङले आफुहरु कुवेतबिरुद्ध अंक खोस्न तयार रहेको दावी गरेका छन् ।

 

यसअघि कुवेतबिरुद्धको खेल अघि बन्द प्रशिक्षणमा रहेका खेलाडी नाइट क्लबमा भेटिएको भन्दै एन्फाले बिमल घर्तिमगरसहित अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई टिमबाट बर्खास्त गरेको थियो । त्यसपश्चात सुवास गुरुङलाई टिममा समेटिएको थियो । यसअघि भएको ४ खेलमा नेपालले ३ खेलमा हार बेहोरिसकेको छ भने १ खेलमा जित निकालेको छ ।

 

पहिलो खेलमा कुवेतसँग नेपाल ७ शून्यले पराजित भएको थियो त्यसपछि चाइनिज ताइपेइसँग २ शून्यको जित निकालेको नेपाल अष्ट्रेलियासँग ५ शून्यले पराजित हुन पुगेको थियो । त्यस्तै नेपालले जार्डनसँग पनि ३-० को हार बेहोर्न पुग्यो । नेपाल ३ अंकसहित तालिकको चौथो स्थानमा रहेको छ भने कुवेत ४ अंक सहित तालिकको तेस्रो स्थानमा छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...