Texas College
YouTube Link

नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा आज विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुँदै

Facebook Link

काठमाडौं: नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन आज विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सागमा आज तेक्वान्दो, कराते, पुरुष फुटबल, ब्याडमिन्टन, भलिबल, खो खो, महिला क्रिकेट, टेबल टेनिस, टेनिस, गल्फ, ट्रायथलन र उसुको प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ । आज तेक्वान्दो, कराते, ब्याडमिन्टन र ट्रायथलनमा स्वर्णको छिनोफानो हुनेछ ।

त्यसै गरी पुरुष फुटबलमा आज दुई खेल हुनेछ । पहिलो खेलमा बंगलादेश र भुटान तथा दोस्रो खेलमा माल्दिभ्स र श्रीलंका भिड्नेछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । बंगलादेश र भुटानबीचको पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ । माल्दिभ्स र श्रीलंकाबीचको दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ ।

भलिबलमा महिला र पुरुष दुवै स्पर्धामा कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । सेमिफाईनलमा पराजित दुई टिम तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्नेछन् । पुरुष भलिबलमा तेस्रो स्थानका लागि बंगलादेश र श्रीलंका भिड्नेछन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ । महिला भलिबलमा तेस्रो स्थानका लागि श्रीलंका र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी खो खो मा आज पुरुष स्पर्धामा श्रीलंका र बंगलादेश तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी आज नै श्रीलंका र नेपाल तथा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । महिला स्पर्धामा नेपाल, भारत र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् भने आज नै श्रीलंका र नेपाल तथा भारत र बंगलादेश भिड्नेछन् ।

यसैगरी साग अन्तर्गत कराते खेल आजबाट सुरु हुनेछ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा हुनेछ । आज ५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जसमा नेपालका ९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

साग अन्तर्गत नेपालले सर्वाधिक स्वर्णको आशा गरेको तेक्वान्दो पनि आजबाट सुरु हुँदैछ । सातदोबाटोस्थित तेक्वान्दो हलमा हुने खेलमा आज सर्वाधिक १३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

यसैबीच पोखरामा हुने ब्याडमिन्टनतर्फ आज पुरुष टिम इभेन्ट र महिला टिम इभेन्टको सेमिफाइनल र फाइनलको खेल हुँदैछ । नेपालले सेमिफाइनलमा श्रीलंकासँग प्रतिष्पर्धा गर्नेछ । नेपालको लागि पुरुष टिम इभेन्टमा दिपेश धामी, प्रिन्स दाहाल र रत्नजित तामाङले खेल्ने छन् भने महिला टिम इभेन्टमा रसिला महर्जन, नङ्शल तामाङ र जेसिका गुरुङले प्रतिस्पर्धा गर्ने छन् । यस्तै टिम इभेन्टको फाइनल खेल पनि भोली नै हुने छ ।

यसैगरी पोखरामा हुने महिला क्रिकेटमा नेपालले सोमबार माल्दिभ्सको सामना गर्नेछ । नेपाली महिला क्रिकेट टिमका लागि घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल समेत हुनेछ । महिला क्रिकेटको १२ वर्षे इतिहासमा महिला क्रिकेट टिमले घरेलु मैदानमा अन्तराष्ट्रिय खेल खेल्ने अवसर पाएको छैन ।

साग अन्तर्गत टेबल टेनिसका खेल पनि आजबाट सुरु हुँदैछ । खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

यसैगरी लन टेनिसको प्रतिस्पर्धा पनि आजबाट सुरु हुँदैछ । सातदोबाटोस्थित टेनिस कोर्टमा नेपालले महिला तथा पुरुष दुवैतर्फ प्रतिस्पर्धा गर्नेछ । नेपालले टिम इभेन्टको पुरुष र महिलामा क्वाटरफाइनल खेल खेल्नेछ । पुरुषतर्फ नेपालले बंगलादेशको सामना गर्नेछ भने महिलातर्फ माल्दिभ्सको सामना गर्दैछ ।

यसैबीच साग अन्तर्गत गल्फ पनि आजबाट सुरु हुँदैछ । गल्फको प्रतिस्पर्धा गोकर्ण गल्फ क्लबमा हुनेछ ।

साग अन्तर्गत उसुको औपचारिक उद्घाटन आज हुनेछ । उद्घाटन लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ ।

यसैगरी पोखरामा आयोजना हुने ट्रायथलन खेलको प्रतिस्पर्धा आज हुनेछ । आज ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलंका र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...