सबैको रोजाइमा आईएसओ प्रमाणित श्रेष्ठ टेलरिङ सेन्टर
वि.सं.२०८३ मंसिर ६ आइतवार १२:१३
897
shares
काठमाडौं: सर्टिङ-सुटिङ र टेलरिङ भन्नेवित्तिक्कै सबैले सबैभन्दा पहिला सम्झिहाल्ने नाम हो, श्रेष्ठ टेलरिङ सेन्टर । बाबुकाजी (बी.के.) श्रेष्ठले ५३ वर्षअगाडि काठमाडौंको बागबजारमा स्थापना गरेको श्रेष्ठ टेलरिङ सेन्टर आज मुख्य शोरुम काठमाडौंको बागबजारस्थित आराधना कम्प्लेक्सलगायत चाबहिल, चुच्चेपाटी, त्रिपुरेश्वर, मैतिदेवी, पुतलीसडक, धुम्बाराहीका शाखामा प्रत्यक्ष-अप्रत्यक्ष सयजनाभन्दा बढीलाई रोजगारी दिनेमा मात्र सीमित छैन, विदेशमा बस्ने नेपालीहरुको समेत पहिलो रोजाइको सर्टिङ-सुटिङ र टेलरिङमा पर्दछ ।
बच्चादेखि बृद्धसम्मका उच्चस्तरीय रेडिमेड सर्टिङ-सुटिङ, फुटवेयरलगायत अन्तर्राष्ट्रिय ब्राण्डका कपडासहितको स्तरीय टेलरिङका लागि श्रेष्ठ टेलरिङ सेन्टरले एउटै छानामुनि गुणस्तरीय र सर्वशुलभ सेवा आफ्ना ग्राहकहरुलाई पुर्यारउँदै आएको छ । त्यसैले पनि सर्टिङ-सुटिङ र टेलरिङका लागि पारखीहरुको पहिलो रोजाइमा श्रेष्ठ टेलरिङ सेन्टर पर्ने गरेको हो । विवाहलगायत शुभ कार्यका मौसममा समेत सम्पूर्ण परिवारको आवश्यकता श्रेष्ठ टेलरिङ सेन्टरको एउटै छानामुनि पूरा हुने गर्छ ।
बाबुकाजी (बी.के.) श्रेष्ठ श्रेष्ठ टेलरिङ सेन्टरका संस्थापकमात्र होइनन्, नेपालमा सर्टिङ-सुटिङ र टेलरिङ व्यवसायको विकासका प्रमुख पात्र पनि हुन् । सर्टिङ-सुटिङ र टेलरिङ व्यवसायको अध्ययन गर्न चाहनेहरुका लागि उनको सिङ्गो जीवन ‘लाइब्रेरी’ नै हो । नेपालमा सर्टिङ-सुटिङ र टेलरिङको विकासका लागि बाबुकाजीले विगतमा गरेको संघर्ष एउटा चलचित्रको पूरै कथाका निम्ति पर्याप्त हुन्छ । उनको त्यही संघर्षले त आज नेपालको सर्टिङ-सुटिङ र टेलरिङ व्यवसायले विश्व बजारमा गर्वका साथ प्रतिस्पर्धा गर्नसक्ने हैसियत बनाएको छ ।
विवाहलगायत शुभ कार्यमा एउटै छानामुनि परिवारका सम्पूर्ण सदस्यहरुका लागि उच्चस्तरीय रेडिमेड सर्टिङ-सुटिङ, अन्तर्राष्ट्रिय ब्राण्डका कपडासहितको स्तरीय टेलरिङ, विदेशमा बस्ने नेपालीहरुको पहिलो रोजाइमात्र होइन, हरेक कार्यालयका ड्रेसकोडसमेत अन्तर्राष्ट्रिय ब्राण्डका कपडासहित सर्वशुलभ मूल्यका कारण सबैले सबैभन्दा पहिला रोज्ने नाम बनेको हो, श्रेष्ठ टेलरिङ सेन्टर । लाखौं सन्तुष्ट ग्राहकका कारण नै श्रेष्ठ टेलरिङ सेन्टरलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिन्ने आईएसओ प्रमाणित ब्राण्ड बनाएर मुलुकलाई प्रशस्त राजस्व तिर्नेमा गनिएकोमा संस्थापक बाबुकाजी (बी.के.) श्रेष्ठ सन्तुष्टि व्यक्त गर्छन् ।
यतिमात्र होइन, श्रेष्ठ टेलरिङ सेन्टर सौन्दर्य प्रतियोगिता, सार्वजनिक उच्च ओहदामा बसेका व्यक्ति, खेलकूद टोलीका औपचारिक पोशाकमा समेत उत्तिकै चर्चित र लोकप्रिय रहेको छ । २५ वर्षको उमेरमा सरकारी जागिर छाडेर बाबुकाजी (बी.के.) श्रेष्ठले शुरु गरेको सिलाई व्यवसाय आज नेपालको स्थापित सर्टिङ-सुटिङ र टेलरिङ ब्राण्डमात्र बनेको छैन, अन्तर्राष्ट्रियस्तरमा समेत चिनिएको आईएसओ प्रमाणित कम्पनी बनेको छ भने सर्टिङ-सुटिङ र टेलरिङका लागि ‘लाइब्रेरी’ बनेका बाबुकाजी (बी.के.) श्रेष्ठ मुलुकले नै सम्मान गर्नुपर्ने पात्र बनेका छन् ।
वि.सं.२०८३ मंसिर ६ आइतवार १२:१३



















