YouTube Link

अन्तिम १६ बाट बाहिरिए ३ वटै आयोजक राष्ट्र

Facebook Link

काठमाडौं: फिफा विश्वकप २०२६ को आयोजक तीन वटै राष्ट्र प्रतियोगिताबाट बाहिरिएका छन् । जारी विश्वकपमा आयोजक राष्ट्रको रुपमा रहेका अमेरिका, क्यानडा र मेक्सिको अन्तिम १६ बाटै बाहिरिएका छन् ।

मंगलबार बिहान भएको खेलमा बेल्जियमसँग ४-१ ले पराजित हुँदै अमेरिका प्रतियोगिताबाट बाहिरियो । समूह चरणमा अष्ट्रेलिया र पाराग्वेलाई पराजित गरेको अमेरिका टर्कीएसँग पराजित भएको थियो । समूह विजेता बन्दै अन्तिम ३२ मा पुगेको अमेरिकाले बोस्निया तथा हर्जगोभिनालाई पराजित गर्दै अन्तिम १६ मा पुगेको थियो ।

अपराजित रहँदै नकआउटमा पुगेको मेक्सिको इंग्ल्यान्डसँग पराजित भयो । समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गरेको मेक्सिकोले अन्तिम ३२ मा इक्वेडरलाई पराजित गरेको थियो ।

समूह चरणमा एक जित, एक हार र एक बराबरी खेलेको क्यानडाले अन्तिम ३२ मा सहज प्रतिस्पर्धी पायो । घरेलु मैदानमा दक्षिण अफ्रिकालाई हराउँदै क्यानडाले पहिलोपटक नकआउट चरणमा जित दर्ता गर्‍यो । तर, अन्तिम १६ मा मोरक्कोसँग पराजित हुँदा क्यानडाको विश्वकप यात्रामा पूर्णविराम लाग्यो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...