YouTube Link

आईईपीद्वारा विश्व शान्तिको वार्षिक रिपोर्ट सार्वजनिक, नेपाल १२ स्थान माथि, आइसल्यान्ड सबैभन्दा शान्तिपूर्ण देश

Facebook Link

काठमाडौं: ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ आईईपीले विश्व शान्तिको २०१९ को वार्षिक रिपोर्ट सार्वजनिक गरेको छ ।

आईईपीको यो १३औँ ग्लोबल पीस इन्डेक्स रिपोर्ट हो जसमा यसले १ सय ६३ स्वतन्त्र राष्ट्रहरुमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडाईँ, समाजिक सुरक्षाको अवस्था, आतङ्कवाद् , सैनिकीकरणको स्तरलगायत २३ संकेतकहरुको आधारमा मूल्याङ्कन गरि सूचित गर्ने गरेको छ । यस्तोमा पाँच वर्षपछि पहिलोपटक विश्व शान्तिको स्तरमा सुधार आएको रिपोर्टले देखाएको छ ।

२०१९ को रिपोर्ट अनुसार ८६ देशहरुमा सुधार आएको छ भने ७६ राष्ट्रहरुको शान्ति अवस्था खस्कँदै गएको पाइएको हो । सूचीमा आइसल्यान्ड पहिलो स्थान कायम राख्न सफल भएको छ जहाँ अपराधको स्तर अत्यन्तै कम र सुरक्षाको उच्च अवस्थामा रहेको बताइएको छ । त्यस्तै दोस्रोमा न्यूजील्यान्ड त्यसपछि पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिंगापूर, स्लोभेनिया, जापान र चेक रिपब्लिक शीर्ष दशमा छन् । स्वीट्जरल्यान्ड ११ मा छ भने दक्षिण एसियाबाट भूटान १५ र मलेशिया १६ अनि ताइवान ३६ मा, इन्डोनेशिया ४१ मा अनि दक्षिण कोरिया ५५ मा र श्रीलंका ७२ स्थानमा रहेका छन् ।

शान्तिमा सबैभन्दा अगाडि रहेको युरोपेली क्षेत्र अन्तर्गत बेलायत पनि यो वर्ष पाँच स्थान अगाडि ४५ मा आएको छ । यता अमेरिका पनि चार स्थान तल १ सय २८ औँ स्थानमा पुगेको छ । यो पटकको सूचीमा दक्षिण एसियाली क्षेत्रमा भने ठूलो सुधार देखिएको छ जसका लागि नेपाल, पाकिस्तान र भूटानलाई श्रेय दिइएको हो ।

नेपाल भने यो वर्ष १२ स्थानले माथि आउँदै ७६ मा पुगेको छ । दक्षिण एसियामा भूटान र श्रीलंका पछि नेपाल तेस्रो सबैभन्दा शान्तिपूर्ण मुलुक हो । नेपाल शान्तिको मध्यम स्तरमा रहेको छ । तर यता भारतलाई भने अशान्तपूर्ण वर्गमा राखिएको छ जुन यो वर्ष चार स्थान तल १ सय ४१ मा पुगेको हो । चीन पनि नेपालभन्दा तल १ सय १० औँ स्थानमा मध्य शान्तिपूर्ण क्षेत्रमा परेको छ । यो वर्ष अफगानिस्तान सिरियालाई प्रतिस्थापन गरि विश्वकै सबैभन्दा अशान्त देश बन्न पुगेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...