Rajshow Bivag

हावाहुरीले रामेछापका ८८ घरको छाना उडायो

Departmant of helth services

 

रामेछाप: शनिबार रातीको हावाहुरीले रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ११ गेलुका ८८ घरको छाना उडाएको छ ।

 

तिव्र बेगमा आएको हावाहुरीका कारण गेलु नाटीलाका मात्र ३० भन्दा बढी घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख राजकुमार थिनले बताए ।

 

हावाहुरीले  नाटीला आसपास गाउँका समेत गरेर ८८ घरको छाना उडाएको प्रहरीले जनाएको छ । छाना उडाएको  मध्ये ५० घरमा बस्न नहुने भएको रामेछापका प्रहरी प्रमुख राजकुमार थिनले जानकारी दिए ।

 

छाना उडाएर विचल्नीमा परेका ५० परिवारलाई नेपाल रेडक्रसको सहयोगमा प्रहरीले पाल तथा अन्य सामग्रीहरु वितरण गरेको प्रहरीले जनाएको छ ।

 

 

हावाहुरीका कारण भएको क्षतिको विवरण संकलनको काम भइरहेकाले घरको छाना उडाउनेको संख्या अझ बढी हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

 

गेलु क्षेत्रमा हावाहुरीसँगै असिना पानी  समेत परेको थियो । हावाहुरीका कारण गाउँमा बर्षैं पुराना रुखहरु ढलेको स्थानीयहरुले बताएका छन् ।

 

गाउँका ठुला ठुला पिपलका रुखहरु समेत हावाहुरीले ढलेको गाउँलेहरुले बताए । एकैछिनको हावाहुरीले समेत ठुलो क्षति गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताए ।

 

अहिले प्रभावित क्षेत्रमा प्रहरी परिचालन गरेर तथ्याकं सकलन तथा सहयोगको काम भइरहेको प्रजिअ पहाडीले बताए ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...