समय अनुकुल बनाउन विशेष प्रयास गर्नुपर्ने दिन छ । मन अशान्त हुनसक्छ । यात्रा गर्दा सावधान रहनुहोला । गरेका कार्यहरुमा ग्रहले आज अलि बढी मेहनत खोजिरहेको छ । मित्र तथा बन्धु सुखमा कमी आउनसक्छ, आज विवादतिर नजानुमै उत्तम हुन्छ, स्वास्थ्यको ख्यालगर्नुहोला, गृहिणी तथा महिलावर्गलाइ भने आज अलि कष्ट पर्नसक्छ, विद्यार्थीहरुले भने बिशेष मेहनत गर्नुपर्ने दिन छ । व्यापारव्यवसायमा धैर्य गर्नुहोला, लगानीको लागि दिन आज सही छैन । पर्खर हेरको स्थिती छ, कसैकसैलाई घरदेखि टाढा जानुपर्ने अवस्था पनि आउनसक्छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनलाइ अस्थिर नबनाइ वा कन्फ्यूजन भइकन विवादबाट टाढा रहने प्रयास गर्नुपर्ने दिन छ, आज आत्मविश्वासलाइ कायम राख्नुहोला, निरर्थक चिन्ता र बेचैनीबाट जोगिनुपर्नेछ, शारिरिक अस्वस्थता महसूस हुनसक्छ र छातीको विशेष ध्यानदिनुहोला, स्त्रिवर्गबाट कष्ट पर्नसक्छ, व्यवसायीक कार्यलाइ दिन ठीक नभएकोले आज लगानी नगर्नुहोला तर यदि गोचरमा शुभमंगलको र सूर्यको दशा चलिरहेको छभने आकस्मिक लाभ, कार्य सफलता प्राप्तहुनेछ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आनन्द र सुखको अनुभूति हुनेखालको दिन छ । रोकिएका कार्यहरु बन्ने, वस्त्र लाभ, धनलाभ, उपहार आदि पाइने अथवा उत्तम खानपानले मन आज प्रफुल्लित हुनसक्नेछ । कार्यमा थोरै विलम्ब जस्तो भएपनि अन्त्यमा सफलता पाइनेछ, आदर सत्कार वा मान सम्मान पाइने योग छ, शारिरिक आरोग्यता प्राप्ति हुने, शेयर वा अन्य व्यावसायिक क्षेत्रमा लगानीलाइ दिन राम्रो छ । विद्यार्थीहरुको लागि दिन सफलतामुलक रहनेछ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सावधान हुनुपर्ने दिन छ । शारिरिक स्वास्थ्यको ख्यालगर्नुहोला, बिनाकारण झर्को लाग्ने अथवा डर लागि रहनसक्छ, धनको दुरुपयोग हुनसक्ने भएकोले लगानीलाइ आज दिन राम्रो छैन, व्यर्थको श्रम, अनावश्यक खर्च, अचानक धनहानी, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नुपर्ने भएकोले सचेत रहनुहोला । खानपान नमिलेर स्वास्थ्यमा गडबडी आउनसक्छ । दाम्पन्यजीवन र प्रेम सम्बन्धको लागि विशेष प्रयास गर्नुपर्ने दिन छ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पराक्रम बढने, शरीरमा निरोगीताको अनुभूति हुने, वस्त्र लाभ, आर्थिक लाभ तथा लाभकारी घटनाहरु हुनसक्नेछन । मित्रसुख, स्त्रिसुख, दाम्पत्यसुख, मिठो खानपान र रमाइलोसँग समय बित्ने योग छ । अरुले तँपाइको प्रशंसा गर्न सक्नेछन । पदोन्नतिको सम्भावना, मानसम्मा नपाइने, शत्रुमाथि विजय, सन्तान पक्षबाट सुख । रोग र ऋणबाट राहत प्राप्त हुने । विद्यार्थीवर्गलाई समय राम्रो । व्यापारव्यवसाय र लगानीको लागि भने पनि आज दिन राम्रो छ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सचेत हुनुपर्ने दिनछ । मानसिक तनावन लिइ मनलाई शान्त राख्ने प्रयास गर्नुपर्नेछ, खर्चमाथि नियन्त्रण जरुरी छ, हानी नोक्सानी हुन नदिन आज सावधान हुनुपर्ने दिनछ, काम गर्दा अलि होशपुरयाउनुपर्ने दिनछ । दुष्ट खराब मान्छेहरुसँग भने टाढा रहनुहोला र दुराचार कर्म र विवाद र घमन्डबाट चाँही जोगिनुपर्ने दिनछ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन अनुकुल रहनेछ । मित्र, भाइबहिनीबा टसहयोग पाइने, गरेका कार्यहरु सफल हुने, पद, सम्मानको प्राप्ति, शत्रुहरु पराजित हुनेछन, प्रेम सम्बन्धमा सफलता, विद्यामा प्रगति हुने, सन्तान पक्षबाट खुशी पाइने । स्वास्थ्यको हकमा धपेडिले असर गर्न सक्नेछ, थकाइ लाग्न सक्ने, पेट, आँखा छाती सम्बन्धि विशेष ध्यान दिनुहोला । आज क्रोधलाई नियन्त्रणमा राखेर विवादहरुबाट टाढा रहनुभएमा दिन अति उत्तमरहनेछ ।
पारिवारिक सुख, चिताएको पुग्ने, आरोग्यता प्राप्ति, रोकिएका कामहरुमा प्रगति हुने, भोगविलासमा रुचि जाने, पद प्रतिष्ठा, आदर, सत्कार मिल्ने खालको दिनछ, गरेका कार्यहरु सफल हुनेछ, शत्रुहरु हार खानेछन्, रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन चाहनुभएको छभने समय उत्तमछ । विद्यार्थिहरुको लागि समय राम्रो रहनेछ । सन्तानपक्षको ध्यान दिने र विवादबाट टाढै रहनुभएमा दिन सुखमय बित्नेछ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सावधान हुनुपर्ने खालको दिनछ, दुख गरे अनुसार फल पाउन गाह्रोहोला, मुद्दा मामिला सरकारी काम कारवाहीहरुबाट अलि सचेत रहनुपर्ने दिनछ । शरिर अस्वस्थ रहनसक्छ, शत्रुहरुले रिस गर्न सक्छन् । व्यर्थको विवादबाट टाढा रहनुहोला, व्यवसाय र लगानीको लागि दिन राम्रो छैन, योग ध्यान र अध्यात्मको साथै अध्ययन लेखनतिर समय बिताउनु भएमा दिन सहज हुनेछ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धैर्य राख्नुपर्ने दिनछ । शारिरिक पिडा, शत्रुबाधा, जरिवाना दन्ड जस्ता सरकारी कुराहरुको कोपभाजनमा परिन सक्छ, धनको अधिक खर्च भइदिने अथवा दुरुपयोग हुनसक्छ, ज्वरो, पाइल्स, अपच, ब्लडप्रेशर जस्ता बिमारी बल्झिन सक्छन् । निरर्थक भय, अपमान प्रतिकुल घटनाहरुले चिन्ता थप्नसक्छ । महिला तथा गृहीणीहरुलाइ अलिकष्ट हुनसक्छ । कर्मको फल पाउने समय चलेको छ । लगानीको लागि आज समय राम्रो छैन ।
समय राम्रो छ । लाभकारक एव सुखदायी भ्रमणको सम्भावना छ, आरोग्य प्राप्ति, आर्थिक फाइदा, रमाइलो जमघटको साथै भोगविलास मनोरन्जनमा समय बित्नसक्नेछ, भूमि सुख, वाहन सुख, उत्तम संशाधन सुखको प्राप्ति, दाम्पत्य सुख राम्रो रहनेछ । प्रेमसम्बन्धमा सुखद अवसर प्राप्त हुने, रस्त्री सुखमा रुचि बढने, व्यवसायीवर्गले थप लगानीगर्नुपर्ने अवस्था आउनसक्छ, वैदेशिक व्यवसाय, आयात निर्यातको लागि समय अनुकुल रहनेछ । सन्तानपक्षको भने विशेषख्याल राख्नुहोला ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन राम्रो रहनेछ, शारिरिक निरोगिता, आर्थिक लाभ, गरेको कार्यहरुबाट लाभ पाइने, शत्रुले हानी गर्न सक्ने छैनन, ऋण लाभहुने, आँटेको कामपुग्ने, माथिल्लाहरुबाट लाभपाइने योग चलेको छ, विद्यार्थीहरुको परिक्षा प्रतियोगीतामा विजय प्राप्ति हुने । मुद्दा मामिला लगायत अन्यकुराहरुमा सकारात्मक समाचार आउने, । व्यापारीक तथा व्यवसायीकवर्गलाइ लाभको दिन छ, लगानीलाई पनि दिन उत्तमर हनेछ, विपरित लिंगहरुप्रति आकर्षण बढन सक्छ ।